गोरखा समाचारदाता
उत्तरी गोरखाको धार्चे गाउँपालिका पहिलो पटक एम्बुलेन्स सेवा सुरु भएको छ ।
फ्रासको महिना एसोशियसन र धर्मसिंह मानव सेवा आश्रमको सहयोगमा उपलब्ध भएको उक्त एम्बुलेन्सको एक कार्यक्रमका विच बुधबार गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले शुभारम्भ गरेका हुन् ।
‘चुनावमा मैले गरेको एउटा प्रतिवद्धता पुरा भएको छ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘दाताहरुले मेरा सपना पुरा गराईदिनुभएको छ ।’ भर्खरै मात्र सडक सञ्जालले जोडिएको धार्चेबाट एम्बुलेन्स सञ्चालन हुने भएपछि सर्वसाधरण हर्षित भएका छन् ।
धर्मसिंह मानव सेवा आश्रमले सञ्चालन गर्ने एम्बुलेन्सले धार्चे, चुमनुब्री र आरुघाट विभिन्न वडाका सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।


