गोरखा समाचारदाता
गोरखा तेह्र किलोमा रहेको कुसुण्डा परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
समाजिक अभियान्ता रेखा तामाङको अगुवाईमा संकलन गरिएको न्यानो कपडा र ग्याँस चुल्हो सेट बुधबार गोरखा नगरपालिका ११ तेह्र किलो स्थित ७८ वर्षिय सुमित्रा कुसुण्डाको परिवारलाई हस्तान्तरण गरिएको हो ।
उक्त न्यानो कपडाको लागि चन्द्र लामा अनुराग, दिपक बाँनिया, जे.बी. चोङवाङ, पेमा बुढा, ढकाल खेमु, प्रमोद गौतम, पुक्ष्पा गुरुङ, अनिता तामाङ, रेश्मा तामाङ, रुविन रेग्मी ¥यापर, जितेन्द्र मेन्याङवो, अर्जुन हमाल, दिपक रिमाल, घनेन्द्र बराल, सन्दिप अधिकारी, नुमा लिम्बु, कृष्ण पौडेल, सविना भुजेल, खगेन्द्र थापा लगायतले सहयोग हुन ।
यस्तै ग्याँस सिलिण्डर उपलब्ध गराउने गोरखाका सुकु गुरुङ र ओढ्ने ओछ्याउने सामाग्री उपलब्ध गरेकाएका काठमाण्डौका दिपेन्द्र श्रेष्ठ आफै उपस्थित भै हस्तान्तरण गरेका हुन् ।


