गोरखा समाचारदाता
भूकम्प गएको ४ वर्ष हुन लाग्दा समेत पुर्ननिर्माणको कामले पूर्णता नपाएको प्रति जिल्लाका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवशको अबसरमा विपत्त व्यवस्थापन समिति गोरखाले जिल्ला सदरमुकाममा गरेको कार्यक्रममा बोल्दै उनीहरुले अहिले सम्म प्रभावितले अनुदान रकम नपाउनु र पाएकाले पनि समय मै घर बनाउन नसक्नु दुखदः भएको बताएका हुन् ।
पुर्ननिर्माणको काम सुस्त रुपमा अगाडी बढेको भन्दै उनीहरुले प्राधिकरण, स्थानीय सरकार र स्वम् प्रभावितहरुले विचको समन्वयको खाँचो औल्याएका छन् । स्थानीय सरकार निर्माण भएको लामो समय भइसक्दा समेत पुर्ननिर्माण जिम्मा नदिनाले धेरै जटिलता आएको भन्दै पालिकाहरुको भूमिका बलियो बनाउन सके पुर्ननिर्माणको काम छिटो हुने विश्वास व्यक्त गरेका थिए ।
गुनासो सुनुवाई, भुमिहिनलाई जग्गा, बस्ती स्थानान्तरण लगायतका कुरालाई प्राथमिकतामा राखेर काम गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । कार्यवाहक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेललेका अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शहरी बिकास तथा भवन डिभिजनका युवक श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण आर्चाय, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख रामप्रसाद आर्चाय लगायतले अहिलेसम्मको पुर्ननिर्माणको कामबारे जानकारी गराएका थिए ।
उक्त अबसरमा गोरखा नगरपालिकाकी उपप्रमुख विनाकुमारी श्रेष्ठ, नेकपाका यादव बस्नेत, नयाँ शक्तिका नारायण खत्री लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विषयगत सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, भूकम्पका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था, नागरिक समाज, पत्रकार एवं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
दिवशको अवसरमा जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम भएका छन् । इको र एडिसीको आर्थिक सहयोगमा सिरानचोक गाउँपालिका केयर नेपाल र स्वाँरा सघन गाउँबिकास केन्द्रको साझेदारीमा सञ्चालित प्रयास दोश्रो परियोजनाको आयोजनाले सिरानचोक ८ जौवारीका स्थानीयसँग अन्र्तक्रिया गरेको छ ।
वडा अध्यक्ष झटकप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ननिर्माण अवस्था, भूकम्प प्रतिरोधी संरचना निर्माणका आवश्यकता र महत्वको बारेमा सरोकरवालाहरु विच छलफल भएको थियो । कार्यक्रममा मोदराज पाण्डे, परोपकार आदर्श माविका प्रधानाध्यापक हरिप्रसाद ढकाल लगायतले मन्तव्य राखेका थिए । उक्त अवसरमा वडा विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, स्कूल प्रधानाध्यापकहरु, पुर्ननिर्माण प्राधिकरणको इन्जिनियर÷प्राविधिकहरुको उपस्थिती रहेको थियो ।


