गोरखा समाचारदाता
गोरखामा मिनि धरहरा निर्माण भएको छ । गोरखा नगरपालिका ५ सतिपिपल स्थित होट क्याफे दि चौतारीमा धरहरा निर्माण गरिएको हो ।
२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले कोठमाण्डौको सुनधारामा रहेको धरहरा भत्किएको र धरहरा निर्माण गर्ने गोरखाकै भिमसेन थापाको स्मृतिमा धरहरा निर्माण गरिएको होटल संचलाक एवम मिनि धरहरा निर्माता सोम श्रेष्ठले बताए ।
धरहराको मंगलबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । गोरखा ऐतिहासिक जिल्ला भएको र अझै आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्नका लागि मिनि धरहरा निर्माण गरिएको श्रेष्ठले जानकारी दिए ।
धरहरा निर्माण भएको स्थानबाट हिमाल, पहाड लगायतका प्राकृतिक मनोरम दृष्य समेत अवलोकन गर्न सकिन्छ । कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले जिल्लाको पर्यटन प्रवद्र्धनमा निजि र सरकारी पक्षबिच सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा गोरखा चेम्बर अफ कमर्स एवं होट ब्यवसयी संघका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्के, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतले बोलेका थिए ।




















