मोहसिन अलि मियाँ/गोरखा
गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जात र धर्मका आधारमा कसैलाई भेदभाव गर्न नपाईने बताएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको १२ औं जिल्ला अधिवेशन तथा माघे संक्रान्ती पर्वका अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम उद्घाटन गर्दै मन्त्रि थापाले कुनै पनि जाती, धर्म र रहनसहनका आधारमा विभेद गर्ने छुट कसैलाई नभएको बताएका हुन् । ‘यहाँ धेरै समुदायका मानिस छौ, यो जाती त्यो जाती भनेर कसैले विभेद गर्न पाउदैन’ उनले भने ‘सबैको सम्मान आवस्यक छ, आफ्नो संस्कृति मान्न पाउने सबैको नैसर्गिक अधिकार पनि हो ।’
देश संघियतामा गएपछि अहिले बनेको प्रदेश सरकार पहिलो भएकाले सोचेअनुसार काम गर्न असम्भव रहेको उनले बताए । जनताका हित हुनेगरी सरकार कार्ययोजना सहित अघि बढेको बताउदै मन्त्री थापाले बताएका छन् । ‘हामी इतिहासकै पहिलो प्रदेश सरकार, अहिले सिक्दै छौ, स्रोत जुटाउदैछौ, एकैचोटी सबै गर्न अवसम्भव छ’ उनले भने ‘जनताका काम गर्न धेरै बाँकी छ, तत्कालै सबै पूरा गर्न हामी पनि असमर्थ छौ ।’
उनले सबै जातजातीलाई समान ब्यवहार गर्दै सबैका चाडवाडमा प्रदेशले विदा दिएको समेत बताए । त्यस्तै फरक प्रशंगमा बोल्दै उनले गण्डकी प्रदेशले आागामी बर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेर कार्यक्रम अघि बढाएको जानकारी गराएका छन् । अबिधेशन कार्यक्रममा बोल्दै मन्त्री थापाले सरकारले प्रदेशभर १ वडा एक तरकारी संकलन केन्द्र र १ पालिका १ हाट बजारका् अवधारणालाई अघि बढाएर काम सुरु गरेको बताए ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर संघका केन्द्रिय सहकोषाध्यक्ष एव जिल्ला सल्लाहकार कृष्ण राना मगर, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, संघका निवर्तमान अध्यक्ष अशोक राना मगर, सल्लाहकार कृष्ण आलेमगर, आदीवासी जनजाती महासंघ गोरखाका अध्यक्ष प्रेमध्वज थापा मगरले बोलेका थिए ।
त्यस्तै तमु ह्युला छोँज धिका अध्यक्ष राम बहादुर गुरुङ्ग, गोरखा चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ढकाल, गोरखा उद्योग बाणिज्य संघका महासचिव रानुवावु श्रेष्ठ, मगर संघ विद्यार्थीका जिल्ला अध्यक्ष सुस्मिता पुलामी, संघका गण्डकी गाउँपालिकाका अध्यक्ष झविन्द्र राना मगर, अजिरकोटका क्षेत्र बहादुर थापा, संघका महिला महासंघका जिल्ला अध्यक्ष नानुमाया थापा मगर लगायतले मन्तब्य राखेका थिए ।
संघले १२ औ अधिवेशनका अवसरमा ७ जनालाई सम्मान समेत गरेको छ । मगर भाषाको संरक्षण र संरद्र्धनमा योगदान पु¥याउने शहिद लखन गाउँपालिका १ बक्राङ्गका श्री थानी निमाविका प्रअ हेम बहादुर थापा मगर, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना मगर, संघका पूर्वअध्यक्ष विरमान थापा मगर, पूर्वउपाध्यक्ष पहलमान थापा मगर, संघका पूर्व कोषााध्यक्ष मीनबहादुर थापा मगर र आफै प्याराग्लाइडिङ्ग बनाएर उडान गरेका आरुघाटका एक बहादुर आलेलाई सम्मान गरिएको अध्यक्ष विष्णु रानाले जानकारी दिए । संघको १२ औं अबिधेशनमा आज बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने र आजै नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा मगरसंघले आयोजना गरेको झाँकी ¥यालीमा जिल्लाका ७ गाउँपालिकाबाट ६० समुहको सहभागिता रहेको संघले जनाएको छ ।
त्यस्तै माघे संक्रान्ती कै अवसरमा गोरखा नगरपालिका १० को छेवेटारमा तामाङ्ग समुदायले समेत कार्यक्रम आयोजना गरेका छन् । गोरखा तामाङ्ग समाजका अध्यक्ष बुद्धडोम तामाङ्गको अध्यक्षतामा भएको साँस्कृतिक एवं तामाङ्ग ल्होसार शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेशका भौतिक योजना विकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा पूर्वमन्त्री दिलमान पाख्रिन, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, वडाध्यक्ष देवी बहादुर बस्नेत लगायतले बोलेका थिए । यसैगरी गोरखा नगरपालिका वडा नम्बर १२ मा कुमाल समुदाय र वारपाकका घले समुदायले समेत माघी पर्व धुमधामका साथ मनाएका छन् ।


