- बिद्यार्थी र बिद्यालयलाई नगर र सम्मान पत्र
कैलासबावु श्रेष्ठ/गोरखा
माघ १ गते । गोरखा बजारमा रहेको सिद्वि गणेश सहकारी संस्था लि.ले स्थापना दिवश मनाएको छ । स्थापना दिवशका अवशरमा संस्थाले बिद्यार्थी र बिद्यालयलाई नगर र सम्मान पत्र सहित सम्मान गरेको छ ।
संस्थाको ८ औं स्थापना दिवशको अवशरमा आयोजित कार्यक्रममा संस्थामा आबद्व शेयर सदस्यहरुका छोरा छोरी मध्ये एसईई परिक्षामा सर्बोत्कृष्ठ अंक ल्याउने २ जनालाई नगद र सम्मान पत्र सहित सम्मा नगरीएको थियो ।
सम्मानित हुने बिद्यार्थीहरु मध्ये प्रफुल्ललाल श्रेष्ठ र सागर खत्रीले एसईई परिक्षामा ३.७५ जिपीए ल्याएका थिए । दुवैलाई नगद र सम्मान पत्रले संस्थालका अध्यक्ष अच्यूतलाल श्रेष्ठले सम्मान गरेका थिएँ ।

स्थापना दिवशकै अवशरमा सदरमुकाममा नै रहेको गुरुकुल बिद्यालयलाई अक्षय कोषमा जम्मा हुने गरी नगद २५ हजार दिने घोषणा गरीएको छ । संस्कृत पढाउने उत्त बिद्यालयलाई आर्थिक अभाव भएको भन्दै संस्थाले अक्षय कोषमा रहने गरी २५ हजार नगद दिने निर्णय भएको संस्थाले जानकारी दिएको छ ।


