×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सापटी लिएको रकमले २७ घर बने

  •  
  • मङ्गलबार, माघ ०१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    माघ १ गते । आरुघाट गाउँपालिका भित्रका २७ भूकम्प पिडितले रकम सापटी लिएर घर बनाएका छन् । आर्थिक अभावका कारण घर बनाउन नसकेकाहरुले गाउँपालिकाबाट रकम सापटी लिएर घर बनाएका हुन् । ‘कतिपयले घर बनाउन लिएको ५० हजार खर्च गरिसक्नु भएको थियो’ गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘बरु सापटी दिएरै भए पनि उहाँको घर त बनाउनु पर्छ भनेर यो काम सुरु गरेका हौं ।’

    २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पबाट पूर्ण रुपमा घर भत्किएका पिडितलाई सरकारले तिन लाख अनुदान दिने निर्णय गरे अनुसार आरुघाटका स्थानीयले पनि पहिलो किस्ताको रकम बुझेका थिए । चाडपर्वको समयमा वितरण भएकाले कतिपयले खर्च गरेर उक्त रकम सिध्याएपछि पूर्ननिर्माणको काम सुरु हुन सकेको थिएन । ‘हामी त स्थानीय सरकार हौं जनताले घर बनाएनन् भनेर चुप लागेर बस्ने कुरा भएन’ उनले भने ‘तत्काल कार्यपालिका बैठक बोलाएर छलफल गरेयौं । घुम्ती कोष बनाएर उहाँहरुलाई सापटी रकम दिने निर्णय गरियो ।’ कार्यपालिका बैठकले कार्यविधी समेत निर्माण गरी रकम अभावका कारण घर बनाउन नसकेकाहरुलाई सापटी स्वरुप एक लाख रकम उपलब्ध् गराउने निर्णय गरेको थियो ।

    उनीहरुले दोश्रो किस्ता प्राप्त गरेपछि गाउँपालिकाबाट सापटी रुवरुप लिएको रकम फिर्ता गर्ने गरी कार्यविधि निर्माण गरिएको थियो । ‘पहिलो चरणमा साबिकका ९ वटा वडामा १÷१ जना लाभग्राही छनौट गरेयौं’ गाउँपालिका अध्यक्ष दाहालले भने ‘आवश्यक सबै प्रक्रिया पुरा गरी उनीहरुलाई एक लाख सापटी रकम रकम समेत उपलब्ध गरायौं । त्यो काम निकै प्रभावकारी भयो उहाँहरु सबै घर बनाउन सफल हुनु भयो ।’
    पहिलो चरणमा सापटी लिएकाहरुले फिर्ता गरेपछि विभिन्न चरणमा गरी हालसम्म ३५ जनाले उक्त रकम सापटी लिइसकेका छन् ।

    एउटाले फिर्ता गरेपछि अर्को व्यक्तिलाई दिने गरी कार्यविधि निर्माण गरेको गाउँपालिकाले घुम्ती कोषको प्रभावकारी कार्यान्वयन गरेपछि पुर्ननिर्माणको काम उपलब्धी पूर्ण भएको दाबी गरेको छ । आर्थिक रुपमा विपन्न र सरकारले दिएको रकम अयन्त्र खर्च गरेकाहरुलाई पैसा सापटीको अलवा गाउँपालिकाले सर्वसुलभ दररेटमा कामदार समेत उपलब्ध गराएको थियो । ‘उहाँहरुलाई हामीले रकम त सापटी दियौ नै’ उनले भने ‘सँगै कामदार र इन्जिनियरहरु पनि फिल्डमा खटायौं ।’

    त्यस्ता भूकम्प पिडितलाई घर बनाउन सहयोग होस् उदेश्यले गाउँपालिकाकै पहलमा दाङबाट १५० जना कामदार आरुघाट झिकाइएर घर बनाउने काममा लगाइएको छ । घुम्ती कोषले पुर्ननिर्माणको कामलाई प्रभावकारी बनाएको छ । ‘अहिले सम्म ३५ घर बनिसक्नु पर्ने हो तर प्राधिकरणका कार्यालयले केही समय रकम उपलब्ध गराउन सकेन’ उनले भने ‘कहिले प्राधिकरणको जिल्लामा हाकिम सापको सरुवा हुने, कहिले अख्तियारी आउने ढिला हुने, कहिले चाडपर्व आदिले गर्दा केही रकम पाइसकेका छैनन् ।’

    उनीहरुले फिर्ता गरेपछि आवश्यक अन्यलाई उक्त रकम उपलब्ध गराउने गाउँपालिकाको तयारी छ । आरुघाट गाउँपालिकाले सुरु गरेको घुम्ती कोषको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण र मातहतका क्षेत्रमा देशभर चर्चा छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.