गोरखा समाचारदाता
विभिन्न कार्यक्रम गरी आज राष्ट्रिय योग दिबश मनाइदै छ । दिवशका अबसरमा गोरखामा योगको महत्वबारे जानकारी गराउने उदेश्यले कार्यक्रम गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका गोपी कोइरालाले जानकारी दिए ।
योग दिवश आयोजक समारोह समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ अध्यक्षतामा भएको बैठकले पताञ्जली योगपिठको समन्वय र विभिन्न संघसस्थाको सहयोगमा खेलकुद बिकास समितिको कर्वडहलमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा जिसस उपप्रमुख जनुका अधिकारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, निमिक्त प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल लगायतका सरोकारवालाहरुको उपस्तिथीति रहेको थियो । बैठकले जिसस प्रमुख गुरुङको अध्यक्षतामा राष्ट्रिय योगदिवश आयोजक समिति समेत निर्माण गरेको छ ।


