गोरखा समाचारदाता
कालिका साँस्किृत कला केन्द्रले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
गोरखा नगरपालिका ६ पाटेचौरमा रहेको केन्द्रले विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा संकलन गरेको रकमले शहिद लखन गाउँपालिका वडा नम्बर ८ को राम्चे प्राथमिक विद्यालयका १५ जना गरिब तथा विपन्न बालालिकाहरुलाई १÷१ जोर ट्राकसुट उपलब्ध गराएको हो ।
सोमबार विद्यालयको वार्षिक उत्सवका अबसरमा केन्द्रका तर्फबाट रोशन अधिकारी र अजय बिकले प्रधानाध्यापक ओम श्रेष्ठ उक्त कपडा हस्तान्तरण गरेको कालिका साँस्कृतिक कला केन्द्रले जानकारी दिएको छ ।


