गोरखा समाचारदाता
गोरखा उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाले नवौ साधारण सभा सम्पन्न गरेको । संस्थाका अध्यक्ष कृष्ण बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
सोमबार सदरमुकाममा भएको साधारण सभामा अध्यक्ष आलेले संस्थाको बार्षिक प्रगती एवं आगामी बर्षमा गरिने प्रस्तावित कार्यक्रम समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२ सय ८३ जना सेयरसदस्य रहेको संस्थाले सदरमुकाबाट सेवा दिइरहेको छ । बिभिन्न रेमिट्यान्स समेत संचालन गरिरहेको संस्थाबाट इ सेवा अन्तरगत खानेपानी, विद्युत, टेलिफोन लगायतका बिल समेत भुक्तानी सेवा समेत प्रदान गर्दै आइरहेको उपाध्यक्ष प्रेमध्वज थापाले बताए । त्यस्तै संस्थाले एम्बुलेन्स समेत संचालन गर्दै आएको छ ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष नुमाया गुरुङ्गले आर्थिक प्रतिवेदन पेश गरिन् । आर्थिक बर्ष २०७४/०७५ मा ३२ लाख ४६ हजार ९८४ आम्दानी गरेको संस्थाले ३२ लाख १० हजार ९२२ खर्च गर्दा ३६ हजार ६२ रुपैया मुनाफा गरेको बताएको छ ।


