गोरखा समाचारदाता
आइतबार साँझ गोरखा नगरपालिका १० मा झडप भएको छ । १२ किलो छेवेटार जाँदै गरेको ग १ ख ७४७१ र ग १ ख ७५७० नम्बरको टिपरले साइड नछोडेको भन्दै मोटरसाइकलमा सबार युवाहरुले बाटो छेकेर चालकलाई कुटपिट गरेको प्रहरीले बताएको छ ।
युवाहरुले ग १ ख ७४७१ नम्बर गाडी तोडफोड समेत गरेको छन् । घटनामा संलग्न भएको भन्दै प्रहरीले १० किलो क्षेत्रका ३ जना यूवालाई प्रकाउ गरी १२ किलो चौकी राखिएको थियो थियो । प्रहरी नियन्त्रणमा रहेका ती युवाहरुलाई कुटिएका छन् । घटना पछि गएको उत्तेजित समूहले प्रहरी चौकी भित्र प्रवेश गरी उनीहरुलाई कुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आइतबार साँझ १२ किलो बजार तनाब ग्रस्त भएको थियो । १२ किलो प्रहरी चौकीले स्थितीलाई नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली खटाएर स्थितीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त पछि १२ किलो क्षेत्र केही बेर तनाब ग्रस्त भएको थियो । प्रहरी नियन्त्रणमा रहेका युवाहरुलाई कुट्नेहरु भने फरार भएका छन् । घटनाको दोषीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । टिपर तोडफोड तथा चालकलाई कुटपिट गर्नेहरु भने प्रहरी नियन्त्रणमा छन् । घटना भएको पुष्टी गरेपनि प्रहरीले राती अबेर सम्म पनि घटना बिस्तृत जानकारी उपलब्ध गराएन




















