गोरखा समाचारदाता
पौष ३० गते । गोरखा नगरपालिका वडा नम्बर ८ स्थित रानीस्वाँरा टोलबिकास संस्थाको आठौँ बार्षिक साधारण सभा एवं पाचौ अधिबेसन सम्पन्न भएको छ ।
अघिबेसनले नारायण खत्रीको अध्यक्षतामा ११ सदस्सीय टोल बिकास समिति गठन गरेको नवगठित समितिका उपाध्यक्ष पदम बहादुर बस्नेतले जानकारी दिनुभयो । अधिबेसनले समितिको सचिवमा दुर्गा खत्री, सहसचिवमा कोपिला अधिकारी र कोषाध्यक्षमा पदम माया श्रेष्ठलाई चयन गरेको छ । सदस्यहरुमा उषा नराल, चुणानारायण श्रेष्ठ, शोभा अधिकारी, पशुपति खत्री, रमा थापा र श्याम अधिकारी चयन हुनुभएको छ ।
गोरखा नगरपालिका ८ का वडाध्यक्ष कृष्ण बहादुर केसीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव मान बहादुर श्रेष्ठ, जुगेपानी खानेपानी आयोजनाका सचिव हरि बहादुर सारु मगर लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाले टोलबरपर सरसफाई, टोलसुधार लगायतको क्षेत्रमा काम गर्दै आइरहेको छ ।


