कैलासबावु श्रेष्ठ/गोरखा
पौष ३० गते । गोरखाको बुंकोटमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना भएको छ ।
शहिद लखन गाउँपालिका ८ मा सामुदायिक स्वास्थ्य इकाईको स्थापना भएको वडाध्यक्ष काशीनाथ अंम्गाईले जानकारी दिए ।
साविकको बुंकोट गाविसलाई २ वटा वडामा विभाजन गरिएपछि स्थानिय जनताले स्वास्थ्य सेवा लिन गारो भएको भन्दै इकाई स्थापना गरीएको हो ।
इकाईबाट नियमित स्वास्थ्य परिक्षण गरिनुका साथै सरकारले तोकेका निशुल्क औषधी समेत वितरण गरिने वडाध्यक्ष अम्गाईले बताए ।


