नरेन्द्र ढकाल/गोरखा
पौष २५ गते । नेकपा एमाले र माओवादी वीच एकता भएको एक वर्ष भन्दा भएको छ । दुई पार्टी मिलेर नेपाल कम्न्युस्टि पार्टी (नेकपा) निर्माण भएको लामो समय भइसक्दा समेत पार्टी एकताले पूर्णता पाउन नसक्दा जिल्ला स्तरका नेता कार्यकता काम बिहिन भएका छन् । ‘जिल्लामा हाम्रो पार्टीको संगठन अहिले सम्म बनेको छैन । स्थानीय तहहरु सबै नेतृत्व बिहिन छन् ।’ नेकपा एक नेताले भने ‘संगठन नभएपछि हाम्रो काम हुने कुरै भएन ।’ एकताका लागि दुई पार्टीको जिल्ला कार्यसमिति, गाउँ कार्यसमिति, भातृ तथा सुभेच्छुक संस्था सबै विगठन गरिएको छ ।
२ नगरपालिका र ९ गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेको यहाँ दुई वटामा मात्र नेकपाको नेतृत्व छ । शहिद लखन र बारपाक सुलिकोटको प्रमुख÷उपप्रमुखमा तत्कालिन माओवादीका नेताहरु निर्वाचिन भएका थिए । पालुंटार नगरपालिका र चुमनुब्री गाउँपालिकाको उपप्रमुख पनि नेकपा निकट छन् । प्रमुखमा काँग्रेसले जिते पनि त्यहाँको उपप्रमुख पदमा तत्कालिन माओवादीका उम्मेदवारी बिजयी भएका थिए । तत्कालिन एमालेले केही वडाको चुनाव जिते पनि स्थानीय तहको नेतृत्वमा भने आउन सकेको थिएन । ‘दुबै पार्टीको अबस्था हेर्दा स्थानीय तहमा हाम्रो नेतृत्व निकै कम छ’ नाम नबताउने शर्तमा अर्का नेताले भने ‘केही साथीहरु स्थानीय तहमा इन्गेज भएपनि हामी अधिकाशं जिम्मेवारी बिहिन छौं ।’
अहिले स्थानीय सरकार अन्र्तगत हुने कार्यक्रमहरुमा राजनितिक दलहरुको उपस्थिती समेत कम हुने गरेको छ । पार्टीको तल्लो वरियतामा रहेका नेता ÷कार्यकताहरु स्थानीय तहको नेतृत्वमा भएकोले नेताहरुको मयार्दा क्रम नमिल्ने भन्दै अधिकाशं कार्यक्रममा उनीहरुको सहभागी भएको पाइदैन । ‘कार्यक्रम सहभागी हुन पनि नेताहरुको मर्यादा मिल्दैन सार्वजानिक कार्यक्रममा सहभागी हुन पनि गाह्रो छ’ नेकपाका एक शिर्ष नेताले भने ‘पार्टीको कार्यक्रम बाहेक अन्त्य जान पनि सकिएको छैन ।’
नेकपाले केन्द्रिय कमिटी बनाएको लामो समयपछि प्रदेशको नेतृत्व टुंग्याए पनि, अहिले सम्म जिल्ला कार्यसमिति चयन गर्न सकेको छैन । जसले गर्दा अधिकाशं नेता कार्यकताहरु जिम्मेवारी बिहिन भएका हुन् । सोही कारण अहिले जिल्लामा नेकपाको शीर्ष नेता बिरलै देखिने गरेका छन् ।
केही समय अघि तत्कालिन माओवादीको कार्यालय पाटेचौरबाट नेकपाले कार्य सञ्चालन गर्ने निर्णय गरेको थियो । दुबै पार्टीका र्शीष नेता रहेकोे एकता कार्यदलले नै अहिले सम्म पार्टी सञ्चालनको काम गरिरहेको छ । स्थानीय तहमा पनि दुबै पार्टीको प्रतिनीधित्व रहने गरी संयन्त्र निर्माण गरिएको थियो तर त्यसको भूमिका पनि प्रभावकारी देखिएको छैन । ‘त्यो दिर्घकालिन संरचना होइन, वर्तमान अवस्थामा हाम्रो अभाव परिपूर्ती गर्न संयन्त्र बनाइएको हो’ ती नेताले भने ‘एकताको काम बिलम्भ हुँदा पार्टी संगठन सबै ध्वस्त भएको छ ।’
अप्रत्यासित रुपमा दुई पार्टी एक भएर बनेको नेकपाले अहिले दुई तिहाइ बहुमतका साथ मुलुकको नेतृत्व गरिरहेका छ । गुट उपगुट र आन्तरिक हानथापका कारण पार्टी एकताको प्रक्रियालाई टुंग्याउन नसक्दा नेता कार्यकर्तामा नैरास्यता पैदा भएको उनीहरुले बताएका छन् ।जिल्ला इन्र्चाजमा कृष्ण धितालको नाम सहमती नजिक रहेपनि सहइन्चार्ज, अध्यक्ष, सचिव र अन्य पदाधिकारीको बारेमा नेताहरु नै बेखबर छन् । यहाँ सहमती हुन नसकेका पछि तत्कालिन माओवादी र एमालेले छुट्टाछुट्टै नाम प्रदेश र केन्द्रिय कमिटीमा पठाएका थिए । तर अहिले उक्त प्रक्रिया कहाँ पुग्यो भन्ने बारेमा उनीहरुले अनविज्ञता व्यक्त गरेका छन् । नेपकाको संगठन नहुँदा काँग्रेसले एकलौटी रुपमा राजनैतिक गतिविधि सञ्चालन गर्न फाइदा पुगेको कार्यकताको गुनासो छ ।


