गोरखा समाचारदाता
पौष २५ गते । गोरखा र आस आसपासमा केही दिन यता चिसो बढेको छ । मुलुकभरको मौसम परिर्वतन हुँदा त्यसको असर गोरखा र आसपासको क्षेत्रमा पनि देखिएको हो ।
पश्चिमी वायुका कारण मौसम परिवर्तन हुनका साथै बलदी भइरहेको मौसमविद्हरुले बताएका छन् । मौषम परिवर्तन संगै जिल्लाको केही भागमा वर्षात भयो भने उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको स्थानीयहरुले जानाकारी दिएका छन् ।
हिमालपारीका साबिका ७ गाविस लगायत चुमनुब्री र धार्चेका उच्च भुभागमा हिमपात भएको हो । केही दिन यता बिहानै देखि चिसो हावा चल्दा तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । जसले गर्दा सर्व साधारणहरुको जनजिवन प्रभावित भएको छ ।

चिसोले बढी मात्रामा बालबालिका, वृद्धवृद्धा, गरिब तथा असायहरु र भूकम्प पिडितलाई बढि समस्यामा पारेको छ । आर्थिक रुपमा अति विपन्न, लाभग्राहीको सूचीमा नाम नभएका, भूमीहिनहरुले भूकम्प गएको ४ वर्ष हुन लाग्दा समेत घर बनाउन नसक्दा त्रिपाल र टहरामा चिसो सहित रात विताउनु परेको छ । अहिले सम्म त्रिपाल र अस्थायी टहरामा गुजारा चलाउनु पर्दा उनीहरुलाई निकै समस्या भएको छ ।
चिसोको समयमा दम, रुघाखोकी, निमोनिया जस्ता रोगको समस्या हुने हुँदा विशेष ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । न्यानो कपडा लगाउन, चिसोमा हिडडुल गर्न र खानपानमा ध्यान दिन उनीहरुको आग्रह छ ।




















