कैलासबावु श्रेष्ठ/गोरखा
पौष २४ गते । पालुङ्गटारको एक स्कुल सञ्चालनमा आर्थिक समस्या आए पछि महायज्ञ लगाउने तयारी गरीएको छ ।
पालुङटार नगरपालिका ९ को सेरामा रहेको त्रिवेणी माविले गोरखा बजारमा पत्रकार सम्मेलन गरेर महायज्ञ गर्न लागेको जानकारी दिएको हो । आउदो शैक्षिक सत्र देखी ११÷१२ सञ्चालन गर्न लागिएको जानकारी दिदै प्रअ चुढामणी अधिकारीले स्कुलको आर्थिक अवस्था र भौतिक संरचनाका लागि अर्थ संकलन गर्न महायज्ञ गर्न लागेको जानकारी दिएँ ।
स्थानिय स्तरमा रहेको ३ वटा प्राविलाई गाभेर मावि सञ्चालन हुदै आएको उत्त स्कुलमा माविका लागि समेत भौतिक संरचना अपुग छ । ३ सय ९५ जना बिद्यार्थीहरुले अध्ययन गर्दै गरेको उत्त स्कुलमा आउदो बर्ष देखी प्राविधिक तर्फको कृषि पढाई गर्ने तयारीका साथ अर्थ संकलन गर्न लागिएको विद्यालयका प्रअ अधिकारीले जानकारी दिएँ ।

माघ १४ गते देखी २२ गते सम्म सञ्चालनमा आउने महायज्ञमा २ करोड रुपैयाँ जम्मा हुने अनुमान गरीएको छ । ५० लाख सञ्चालन खर्च हुने अनुमान गरेको आयोजक स्कुलले उत्त कार्यक्रम बाट १ करोड ५० लाख बचत हुने अनुमान समेत गरेको छ ।
महायज्ञमा गोरखामा पंण्डित ईश्वर रेग्मी मुख्य बाचक रहने छन भने देश ब्यापी १०८ श्रीमद्भागवत सत संकल्पकर्ता धार्मिक अभियान्ता बासुदेव घिमिरेल पनि कथा बाचन गर्ने बिद्यालयले जानकारी दिएको छ ।



