×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पञ्च वर्षिय योजना निर्माण लागि गोरखामा सुझाव संकलन

  •  
  • मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    गण्डकी प्रदेशले निकट भविष्यमा निर्माण गर्न लागेको आवाधिक योजनालाई लिएर जिल्लामा सुझाव संकलन गरिएको छ । नीति तथा योजना आयोगले जिल्लाका सरोकारवालाहरुसँग सुझाव मागेको हो । ‘हामी तिन महिना भित्र गण्डकी प्रदेशको आवाधिक योजना निर्माण गर्दैछौ । सोका लागि जिल्ला/जिल्लामा सुझाव संकलनको काम भइरहेको छ’ आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले भने ‘गोरखामा पनि महत्वपूर्ण सुझाव प्राप्त भएको छ । त्यसलाई अध्ययन गरेर योजनामा समेट्ने हाम्रो लक्ष्य छ ।’

    आयोगले २७ वटा विषयमा प्रश्नावली बनाएर सुझाव संकलन गरेको छ । कार्यक्रमका सहभागी स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरु, स्थानीय तहका कर्मचारीहरु, विश्वविद्यालय एवं क्याम्पसका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघ सस्थाका प्रमुख एवं प्रतिनीधिहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनीधिहरु, सञ्चारकर्मी एवं पत्रकार लगायतका सरोकारवालाहरुलाई ५ वटा समूहमा विभाजन गरेर विभिन्न प्रश्नावलीको जवाफ खोजिएको थियो । गरिबी निवारण र आर्थिक विकास, वन वातावरण र कृषि, भौतिक पूर्वाधार, सामाजिक बिकास र अन्तरसम्बन्धित विषय गरी ५ वटा विषयमा छुट्टैछुट्टै समूह बनाएर सुझाव लिइएको हो । ‘केही सुझावहरु सामान्य छन्, केही स्थानीय क्षेत्र विशेष छन’ उनले भने ‘ती राम्रा सुझावहरुलाई प्रदेशले पनि टेक क्यिर गरेर लैजानु पर्ने देखिन्छ ।’

    सहभागीहरुले स्थानीय समस्या, अवसर र सम्भावनाका बारेमा पनि आयोगलाई जानकारी गराएका छन् । प्रदेशले बनाउनले पञ्च वर्षीय योजनाले जिल्लाका हरेक स्थानीय तहको आवश्यकता र चाहनालाई संबोधन गर्नुपर्ने सहभागीको जोड छ । ‘यहाँ पर्यटन सर्किटहरु निर्माण गर्नु पर्ने आवश्यकता छ, जिल्लाका महत्वपूर्ण सडक सञ्जाललाई पुर्णता दिनुपर्ने जरुरी छ’ सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भने ‘हामी स्थानीय तहलाई समेत मार्ग निर्देशन गर्ने खालको योजना प्रदेशले निर्माण गरोस् ।’

    जिल्लाका अधिकाशं स्थानीय तहका प्रमुख एवं प्रतिनीधिले भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा जनजिविकाका कुराहरुलाई प्रदेशको योजनाले स्पष्ट रुपमा समेट्नु पर्ने सुझाव दिएका छन् । जिल्लाका कतिपय योजनाहरुको नाम गर्दै किटेर सम्पन्न गर्ने समावधी समेत योजनामा आउनु पर्ने उनीहरुको माग छ । विज्ञहरुसँग छलफल गरी त्यसको सम्भाव्यता यकिन गर्न सकिने उपाध्यक्ष डा.पौडेलको भनाई छ । ‘यो छलफलले धेरै स्थानीय तहलाई आवाधिक योजनाको महत्व पनि बुझाएको छ’ उनले भने ‘प्रदेशले त यसलाई समेट्छ नै, कतिपय स्थानीयले अहिले सम्म आवाधिक योजना बनाउनुभएको छैन । अब उहाँहरुको ध्यान योजना निर्माण जान्छ भन्नेमा म आशाबादी छु ।’

    कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्रि रामशरण बस्नेतले बिना योजना बिकासको प्रतिफल प्राप्त हुन नसक्ने भन्दै प्रदेश सरकारले पञ्च वर्षिय योजना निर्माणलाई जोड दिएको बताए । नीति त योजना आयोजले जिल्ला÷जिल्ला पुगेर संकलन गरेको सुझावका आधारमा सरकारले आवाधिक योजना बनाउने उनको भनाई छ । ‘हामी स्थानीयको चाहाना र भावनालाई प्रतिनिधित्व गर्ने गरी जिल्ला÷जिल्लामा सुझाव संकलनको क्रममा छौ’ उनले भने ‘यसरी प्राप्त भएको सुझावलाई समेटेर बनाएको योजनाले पक्कै गण्डकी प्रदेश समृद्ध बन्ने छ ।’ कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतमा कार्यक्रम भएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.