×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जिम्मा लिएकोे ३ बर्षपछि शिलन्यास

  •  
  • मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    पौष २४ गते । २०७२ सालकै भूकम्पले ध्वस्त भएको रत्नलक्ष्मी माध्यामिक विद्यालयको भवन निर्माण कार्य बल्ल सुरु भएको छ । पुर्ननिर्माणका लागि भारतिय राजदुतावासले तिन बर्षअघि जिम्मा लिएपनि अहिलेसम्म निर्माण कार्य अघि बढ्न सकेको थिएन । भवन पुर्ननिर्माण नहुदा विद्यार्थी हालसम्म पनि अस्थायी टहरामै अध्ययन गर्दै आएका छन् ।

    गोरखा नगरपालिका ८ डुम्रिडाँडाँमा रहेको विद्यालय भवन पुर्ननिर्माणका लागि आइतबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले शिलन्यास गरेका छन् । राजदुतावासले तिन भवन सहित १८ कोठा निर्माणका लागि झण्डै ५ करोड रकम छुटयाएको छ । भवन निर्माणका लागि राजदुतावास र जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा गोरखा बिच सम्झौता भएको छ । ‘तिन बर्षअघि नै भवन बनाउने भनेर हामीसंग सम्झौता भएको हो’ इकाईका प्रमुख इन्जिनियर बाबुराम देवकोटाले भने ‘करिब ५ करोड लागतमा १८ कोठा सहितको ३ भवन बनाउने सहमती भएको छ ।’

    भवन निर्माणका लागि भवन निर्माणको सम्पूर्ण तयारी गरेपछि भारतिय राजदुतावासले आफ्नै ‘कन्सल्ट्याण्ट’ पठाउने भनेपनि तिन बर्षसम्म नपठाउदा काम अघि बढ्न सकेको थिएन । ‘सम्झैता भएपछि आफ्नै कन्सल्ट्यान्ट पठाउने भनेर हामीलाई तिन बर्ष झुलाइयो’ उनले भने ‘अझै पनि पठाउनु भएको छैन, अब कि पठाउनु प¥यो नभए हामी सुरु गर्छौ भनेपछि काम अघि बढ्यो ।’ राजदुतावासको कन्सल्ट्याण्ट आएपछि कामको सम्पूर्ण जिम्मा उनिहरुलाई नै हस्तान्तरण गर्ने देवकोटाले बताए ।

    भारतिय राजदुतावासले पुर्ननिर्माणको जिम्मा लिएका रत्नलक्ष्मी सहित १० विद्यालय अझैपनि अस्थायी टहरामै रहेको आयोजना कार्यान्वयन इकाइले जनाएको छ । ‘तिन बर्षअघि १० विद्यालय बनाउछु भनेर राजदुतावासले जिम्मा लिएको हो, तर अहिलेसम्म एउटा पनि सकिएको छैन’ इन्जिनियर देवकोटाले भने ‘तिनवटामा बल्ल काम सुरु भएको छ, अरु ७ वटाको झनै विजोग, डिपिआर पनि बनिसकेको छैन ।’

    राजदुतावासले जिम्मा लिएको गोरखा ८ को रत्नराज्य लक्ष्मी, ९ को महालक्ष्मी मावि र १० को तारा माविको मात्रै काम अघि बढेको हो । भूकम्प गएको झण्डै ४ बर्ष हुन लाग्दा समेत भवन पुर्ननिर्माण नहुदा विद्यार्थी र शिक्षकले भने सास्ती भोगिरहेका छन् । ‘४ बर्ष हुन लागिसक्यो, कति सहने पिडा’ प्रतिप्रश्न गर्दै रत्नलक्ष्मी माविका प्रअ साधना त्रिपाठीले भनिन् ‘पानी आए नि समस्या, घाम लागे नि समस्या, हावा हुरी चल्नै नहुने टहरै उडाइदेला भन्ने डर, साह्रै तनाव छ ।’

    हाल विद्यालयमा तिन अस्थायी टहरामा पठन पाठन हुदै आएपनि भवन पुर्ननिर्माणका क्रममा जग खन्दा एउटा टहरा भत्काइएको छ । सो टहरा भत्काएपछि छेउमा त्रिपालले घेरेर नयाँ अस्थायी कक्षा निर्माण गरि ३ वटा कक्षा संचालन गरिएको प्रअ त्रिपाठीले बताइन् । ४ बर्ष निक्कै सकस ब्यहोरेपनि अब भने चाँडै भवन निर्माण हुने र पक्कि कक्षामा पढाउने पाइने उनको विश्वास छ ।
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिषण अर्यालको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रअ त्रिपाठी, विद्यालयका पूर्व अध्यक्ष सानुमाया बस्नेत, ह्याङकल्पित न्यौपाने, बलकृष्ण परियार लगायतले बोलेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.