गोरखा समाचारदाता
गोरखा नगरपालिका ८ डुम्रिडाँडाँमा रहेको रत्नलक्ष्मी माविका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
गोरखा जेजिस गोरखाको समन्वयमा अल्पाइन युनिफर्म एण्ड स्पोर्ट प्रालिका ह्याङकिल्पत न्यौपाने र शोभा न्यौपानेको सहयोगमा १ सय ५६ विद्यार्थीलाई जाडोमा लगाउने ट्रयाक सुट वितरण गरिएको हो ।
गोरखाको उत्तरी दुर्गम क्षेत्र केरौजा र सौरपानीबाट भूकम्पले विस्थापित भई आएका गुरुङ समुदायका विद्यार्थीहरुको र्वचश्व रहेको यस विद्यालयमा अधिकांश विपन्न वर्गका छन् ।
भवन नहुदा अस्थायी टहरामा पढ्नुपर्ने र न्यानो कपडा समेत नभएकाले विद्यार्थीहरु जाडोले कठ्यांग्रिदै पढ्नुपर्ने बाध्यता भएपछि सोही विद्यालयकी शिक्षिका लक्ष्मी श्रेष्ठको पहलमा विद्यार्थीहरुलाई सहयोग सामाग्री वितरण हुदै आएको छ ।
केहि समयअघि सुरेन हर्ट प्रालीले स्टेशनरी सामाग्री, बालकृष्ण परियार, साँग्रिला परियार, कमला सुनुवारले ड्रेस, टोपी र मोजा, कृष्ण प्रसाद भट्टराईले २४ जनालाई स्विटर लगायतका सामाग्री वितरण गरिएको समन्वयकर्ता श्रेष्ठले बताइन् ।


