नरेन्द्र ढकाल/गोरखा
पौष २३ गते । नेपालकै ऐतिहासिक गोरखाको लिगलिगकोटमा राष्ट्रिय झण्ड फहराउने भएको छ । पालुंटार नगरपालिकाले नेपाल राज्यको उद्गम स्थल लिगलिगकोटमा ६० फिट अग्लो झण्डा राख्न लागेको हो । ‘लिगलिगकोटको गरिमालाई अझ उच्च राखी आवश्यक प्रचारप्रसार गराउन त्यहाँ राष्ट्रिय झण्डा राख्ने हाम्रो नगर सभाको निर्णय थियो’ मेयर दिपकबाबु कंडेलले भने ‘सोही अनुरुप काम भइरहेको छ ।’
अहिले झण्डा राख्ने तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । सोको लागि ६० फिट अग्लो खम्बा गाडिसकिएको छ । ‘प्राविधिक तयारी सबै पुरा भइसको छ’ मेयर कंडेलले भने ‘अब छिटै झण्डोतोलन गर्ने तयारीमा छौं ।’ आगामी पुस २७ गते एक कार्यक्रमका विच झण्डोतोलन गर्ने नगरपालिकाले तयारी गरेको छ । लिगलिगकोटको पाँचवटा डाँडा मध्येको एउटामा झण्डा राख्न लागिएको हो ।
नेपाल राज्यको उद्गम स्थल मानिने लिगलिगकोट ऐतिहासिक क्षेत्र हो । तत्कालिन राजद द्रव्य शाहले दौडेर राजा भएपछि बर्तमान नेपाल राज्यको एकिकरण सुरुवात भएको मानिन्छ । अहिले उक्त स्थानमा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । ‘लिगलिगकोटमा घुम्न आउनेहरु दिनप्रतिदिन बढ्दै हुनुहुन्छ’ मेयर कंडलले भने ‘हामीले ठुलो राष्ट्रिय झण्डा राखेपछि त्यसले थप आकर्षण थप्छ भन्ने विश्वास पनि छ ।’

६० फिट अग्लो उक्त झण्डा नेपालकै ठूलो झण्डा हुन सक्ने अनुमान गरिएको छ । तर उक्त तथ्याङ्क नभएकाले अहिले दाबी गर्ने अबस्था नरहेको मेयर कंडलेको भनाई छ । ‘देशकै ठूलो झण्डा हो भनेर दाबी गर्ने पक्षमा छैनौ, किनकी हामीसँग त्यस्तो आधिकारिक तथ्याङ्क केही छैन’ उनले भने ‘तर नेपालकै ठूलो झण्डा मध्ये एक चाँही अवस्था हो ।’ अहिले शैक्षिक अवालोकन भम्रण, बनभोज लगायतको शिलशिलामा लिगलिगकोटमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।


