गोरखा समाचारदाता
सामुदायिक वनका उपभोक्ताहरुलाई सचेत गराउने उदेश्यले एक सचेतनामुलक कार्यक्रम भएको छ ।
गोरखा नगर वन महासघंको आयोजनामा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाघिकारीहरुलाई उक्त कार्यक्रममा वन ऐन, सुचना, सचेतना तथा लेखा सम्बन्धि अभिमुखिकरण गराइएको हो ।
निर्मला थापाको अध्यक्षता तथा नगर प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बार्षिक कार्ययोजना निर्माण, वडा स्तरिय सामुदायिक वन कार्यक्रम निर्माण, वन वातावरण तथा पर्यटन सम्बन्धि जानकारी गराइएको थियो ।
कार्यक्रममा भोला प्रसाद भट्टराई र डिभिजनल वन अधिकृत कृष्ण प्रसाद भट्टले सहजीकरण गरेका थिए । पछिल्लो समय सामुदायिक वनलाई स्थानीयको आयआर्जनको रुपमा हेरीन थालेको छ । आवश्यक नीति बनाएर सामुदायिक वनहरुले कार्यक्रम सञ्चालन समेत गरिरहेका छन् ।


