गोरखा समाचारदाता
नीजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन गोरखाको अध्यक्षमा पुन सिताराम तिवारी चयन भएका छन् ।
शनिवार भएका दशांै साधारणसभा तथा पाँचौ पुनः तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा जनक केसी, सचिव कमल थापा, सहसचिव राजन बस्नेत, कोषाध्यक्षमा राजिव थापा र सहसचिवमा बामदेव देवकोटा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कृष्ण घले, शिवहरी देवकोटा, तारा पाखरेल, तारा गुरुङ, शेष तामाङ, ऋषि राना र बाबुराम तिवारी रहेका छन ।
तिवारीको अध्यक्षतामा तथा प्याब्सनका केन्द्रिय अध्यक्ष बिजय साम्हाम्फेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पालुङटार नगरपालिका का मेयर दिपक बाबु कडेल, प्याब्सनका राष्ट्रिय महासचिव राजेन्द्र वानियाँ, प्रदेश अध्यक्ष माधव शरण उपाध्याय, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए ।




















