गोरखा समाचारदाता
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले प्रतिवद्धता व्यक्त गरेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल गरेको एक कार्यक्रममा उनले भुकम्पपछिको पुननिर्माण र पुर्नस्थापनमा जवाफदेहिता तथा पारदर्शिता अपनाउन सदाचार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रम बोल्दै पन्तले भूकम्प गएको लामो समयसम्म पुर्ननिमार्णको पूर्णता पाउन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् ।
प्राधिकरणले पुर्ननिर्माणको जिम्मेवारी स्थानीय तहलाई नदिदा समस्या भएको भन्दै उनले नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका कुराहरुमा सदाचार र पारदर्शीता कामय गर्न आफू लागि पर्ने दाबी समेत गरेका छन् ।
पुननिर्माणको जिम्मा स्थानीय तहलाई दिए तिव्र गतिमा काम हुने कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले बताएका थिए । कार्यक्रममा नगर प्रमुख पन्त, आरुघाट गाउँपालिकाका अध्यक्ष पुर्ण दाहाल, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी उपाध्यक्ष सविता भण्डारी बराल, गोरखा नगरपालिकाका सामाजिक विकास अधिकृत विजय उपाध्याय, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका गोरखा प्रमुख कमला राना लगायतले मन्तव्य राखेका थिए ।


