गोरखा समाचारदाता
आफैले काटेको रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ खहरेपाखा बस्ने सुकबहादुर बिकको वनमा रुख काट्दै गर्दा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
हुँडीपारी वनदेवी सामुदायिक वनमा रुख काट्दै गरेका बिक माथि अचानक आफैले काट्दै गरेको रुख बर्जन गई च्यापिएर उनको घटना स्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।
उक्त घटनाको अनुसन्धान पछि मृतकको शव जिल्ला अस्पताल गोरखामा पोष्टमार्टन गरी आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


