×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

१७ जनाले मात्र अनुदान फिर्ता गरे

  •  
  • आइतबार, पुष २२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    पौष २२ गते । भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाका केही गैरलाभग्राहीहरुले अनुदान रकम फिर्ता गरेका छन् । पहिलो किस्ता बापतको ५० हजार बुझेर पनि घर नबनाएका १७ जनाले रकम फिर्ता गरेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय इकाई (अनुदान व्यवस्थापन तथा पूर्वाधार) गोरखाले जानकारी दिएको छ ।

    रकम फिर्ता गर्ने मध्ये अधिकाशं अन्यत्र घरभएका लाभग्राही छन् । ‘गैरलाभग्राहीहरुले लिएको रकम फिर्ता गर्नका लागि सूचना जारी गरेका थियौं’ जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण आर्याचले भने ‘त्यस्तो संख्या कति छ त यकिन छैन, तर अहिले सम्म १७ जनाले रकम फिर्ता गर्नुभएको छ ।’ ७० हजार ७६८ लाभग्राही रहेको गोरखामा हालसम्म ६३ हजार १ सय जनाले पहिलो किस्ता लिएका छन् । पहिलो किस्ता लिने मध्ये जम्मा ५३ हजार २९२ जनाले मात्र दोश्रो किस्ता लिएका छन् । पहिलो किस्ता लिएको लामो समयसम्म पनि ९ हजार ८०८ जनाले दोश्रो किस्ता लिएका छैनन् । उनीहरु मध्ये अधिकाशंलाई घर आवश्यक नभएको देखिन्छ । ‘हामीसँग आधिकारिक तथ्याङ्क त छैन’ आर्चायले भने ‘तथ्याङ्क उपलब्ध नभएसम्म पहिलो किस्ता बुझेका सबैले रकम फिर्ता गनुपर्छ भन्न सक्ने कुरा भएन, तर यो संख्या धेरै हुन नसक्ने अनुमान गर्न सकिन्छ ।’

    सोही अनुरुप गैरलाभग्राहीको तथ्याङ्क संकलन गर्नका लागि प्राधिकरणले काम सुरु गरिसकेको छ । पहिलो किस्ता लिएर पनि घर नबनाउने मध्ये कतिपय गरिब, अशक्त, जेष्ठ नागरिकहरु रहेका छन । कतिपय भने अयन्त्र घर भएका, एकै घरको दुईजनाको नाम लाभग्राही सूचीमा समावेश भएका लगायत रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । अयन्त्र घर भएकाहरु र एकाघरका व्यक्तिले अनुदान नपाउने प्राधिकरणको नियम छ । त्यसैले रकम फिर्ताको अभियान सुरु गरिएको हो । ‘हामीले स्थानीय तहका साथीहरुसँग त्यहाँको बास्तविक तथ्याङ्क उपलब्ध गराइदिन आग्रह गरिसकेका छौं’ उनले भने ‘त्यसपछि मात्र गैरलाभग्राही कति छन भन्ने यकिन हुन्छ ।’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले गैरलाभग्राहीलाई पुस १५ गतेसम्म रकम फिर्ताको लागि समय छुट्याएको थियो । उक्त समय सिमा भित्र जम्मा १७ जनाले मात्र आफूले लगेको पहिलो किस्ता बापतको अनुदान रकम फिर्ता गरेका हुन् । यदी गैरलाभग्राहीले लिएको रकम फिर्ता नगर्ने हो भने सरकारी बाँकी सरह असुल उपर गर्ने प्राधिकरणले बताउँदै आएको छ ।

    यस अघि दोहोरो सुबिधा लिएको भन्दै सिरानचोक गाउँपालिका ८ जौवारीका ८४ लाभग्राहीसँग पहिलो किस्ता रकम फिर्ता लिइएको थियो । त्यहाँ लुथरन रिलिफ सर्भिस र स्वाँरा सघन गाउँबिकास केन्द्र नामक गैरसकारी सस्थाले पिडितलाई अनुदान रकम उपलब्ध गराएकाले सरकार मार्फत प्राप्त भएको ५० हजार फिर्ता गरिएको हो । संघ सस्थाले बनाएको स्थानका १६ घरले अझै रकम फिर्ता गर्न बाँकी रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार गोरखाले जानकारी दिएको छ ।
    भूकम्प केन्द्रबिन्दु गोरखामा अहिलेसम्म पनि पुर्ननिर्माणको कामले पूर्णता पाउन सकेको छैन । हालसम्म ४३ हजार २४७ घर मात्र निर्माण सम्पन्न भएको छ । भूकम्पमा आंशिक क्षति पुगेका ५ हजार २०६ घर प्रवलीकरण अनुदानको सूचीमा रहेको छन् । ती मध्ये ८५५ जनाले पहिलो र ५ घरले दोश्रो किस्ता लिएका छन् । प्रवलीकरण अनुदानको काम पनि निकै सुस्त देखिएको छ । प्राधिरणले छुट्याएको समय सकिएपनि जिल्लामा उल्लेख्य मात्रमा रकम फिर्ता हुन सकेको छैन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.