×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नेबिसंघको अध्यक्षमा अधिकारी

  •  
  • आइतबार, पुष २२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • पदाधिकारीमा भने सहमती जुट्न सकेन

    गोरखा समाचारदाता

    नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा सुबास अधिकारी सर्वसम्वत चयन भएका छन् । बिहीबार भएको १६ औं अधिवेशनमा अध्यक्ष पदका लागि उनको एकल उम्मेदवारी परेपछि अधिकारी सर्वसम्वत चुनिएका निर्वाचन अधिकृत लुमनाथ लामिछानेले जानकारी दिए । अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङका अधिकारी यस अघिको कार्यकालका सहसचिव हुन् ।

    अध्यक्षमा एकल उम्मेदवारी परेर सचिव र कोसाध्यक्ष पदमा आकांक्षी धेरै भएपछि सहमती जुट्न नसकेको श्रोतले बताएको छ । केन्द्रको गुटगत प्रभावका जिल्लाका नेताहरुमा परेका पछि आफू निकेटका पदाधिकारी बनाउन उनीहरुले हानथाप गर्दा राती अबेर सम्म निर्णय हुन नसकेको नेबिसंघका कार्यकताहरुले बताएका छन् ।

    सचिव पदमा ५ र कोसाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको निर्वाच अधिकृत लामिछानेले जानकारी दिए । ‘सहमतीको लागि उहाँहरुले समय माग्नु भएको छ’ उनले भने ‘सोही अनुसार उम्मेदवारी फिर्ता लिने समय थप गरिदिएका हौं ।’ सोही अनुरुप उम्मेदवारी फिर्ताका लागि शुक्रबार विहान ८ बजे सम्मको समय दिइएको छ ।

    केही पद टुंग्याउन समय लागेपछि उम्मेदवारहरुले नै निर्वाचन समितिसँग थप समय मागेको लामिछानेले बताए । सहमतीका लागि उच्च स्तरिय समिति निर्माण गरिएको छ । पार्टी सचिव नन्दप्रसाद न्यौपाने, क्षेत्रिय सभापती धिरन थापा, बलराम खड्का, रुपबहादुर गुरुङ, शरण श्रेष्ठ र सुवास अधिकारी लगायत रहेको उक्त समितिले उम्मेदवारीहरुसँग छलफल गरिरहेको नेबिसंघ श्रोतले बताएको छ । ‘चुनाव भए एउटाले जित्छ अरु सबैले हार्नुपर्छ, त्यस्तो नगरौं भनेर हामीले नै दाईहरुलाई अनुरोध गरेका हौं’ एक आकांक्षीले भने ‘उहाँहरुले जसको नाम फाइनल गर्नुहुन्छ त्यो हामी सबैलाई मान्य हुन्छ ।’

    तर अधिकाशं पदमा सहमती जुटिसकेको श्रोतको दाबी छ । सचिवमा मिलनसिं बस्न्यात, कोसाध्यक्ष राजेन्द्र थापाको नाम चर्चामा छ । यसैगरी उपाध्यक्षमा शिवहरी तिमिल्सीना र बिक्रम अधिकारीलाई सहसविच चयन गर्ने सहमती पनि भएको नेबिसंघका एक नेताले बताए । पदाधिकारी मध्ये उपसभापती र सहसचिव समितिको बैठकले मनोनित गर्ने नेबिसंघको विधानमा उल्लेख छ ।

    उच्च स्थतरिय टोलीले पदाधिकारीको नाम टुंग्याएपनि प्रदेशप्रतिनिधि र जिल्ला कार्यसमितिका सदस्यहरुको नाममा सहमती हुन नसकेका कारण शुक्रबार विहान ८ बजे सम्मका लागि समय मागिएको उक्त टोलीका एक नेताले बताए । स्वतन्त्रबाट ९, सिटिभिटीका ५, त्रिभुवन विश्वविद्यालय अन्र्तगतका ९ जना प्रदेश प्रतिनिधि जान पाउने व्यवस्था छ । केन्द्रिय प्रतिनिधि भने प्रदेशले छान्ने नेविसंघको विधानमा उल्लेख छ । घण्टौं समय छलफलमा जुटेको उच्च स्तरिय समितिले बिहिबार अन्तिम रुप दिन नसकेपछि शुक्रबार विहान ८ बजे पुनः छलफलमा जुट्ने गरी नेताहरु उठेका हुन् ।

    नेबिसंघका जिल्ला अध्यक्ष रुपबहादुर गुरुङको अध्यक्षता तथा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेबिसंघका केन्द्रिय उपाध्यक्ष डिल्ली सुवेदी, रामप्रसाद अधिकारी, सह–महामन्त्रीहरु हरिहर शर्मा, प्रेम जोशी, ललिता सुनार, कोसाध्यक्ष शिव रिमाल, नेपाली काँग्रसका जिल्ला सभापती हरिबहादुर घले, सचिव नन्द्रप्रसाद न्यौपाने, क्षेत्रिय सभापतीहरु धिरन थापा, गोबिन्द गुरुङ, महासमिति सदस्य राजनराज पन्त, गोरखा नगरसभापती चन्दनबाबु खत्री, पालुंटार नगरसभापती दिपकबाबु कंडेल, नेबिसंघका जिल्ला स्थित केन्द्रिय सदस्यहरु लगायतले मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, पुष २२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.