गोरखा समाचारदाता
राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण संगै पुनर्वासको बहस पनि बढेर गएको छ ।
बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना ईकाईले गोरखा, धादिङका स्थानीय जनप्रतिनिधि, सरोकार समिति, विज्ञ र सांसदहरुसगँ पुनर्वास पुनर्थापना सम्बन्धि छलफल पनि गरि सकेको छ ।
बुढीगण्डकी जलविद्युत आयोजनाको पुनर्वास पुर्नस्थापनाको लागि छलफलमा आश्वासन दिए अनुसार डुवान वरपर ४४ स्थान बस्नको लागि उपयुक्त भनि निर्धारण गरिएको छ ।
पुर्ण विस्थापित जनताले डुवान क्षेत्र भित्रै ४४ स्थान मध्ये आफुलाई पायक पर्ने स्थानमा एक रोपनी जग्गा पाउँने छन् । ति ठाउँहरुलाई कसरी सुविधा सम्पन्न बनाउन सकिन्छ भनेर अध्ययन भइरहेको उर्जा मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् ।
डिपिआर रिपोर्टमा तयार पारिएको ४४ स्थानलाई फेरबदल गरी आफ्नो मातहतको जग्गामा पुनर्बास गराउनको लागि केहि माफियाहरु लागिरहेको बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका सचिव हरि सिंखडाले बताए ।


