गोरखा समाचारदाता
जिल्लाको ताकुकोटमा लोप उन्मुख बराम भाषा कक्षा सञ्चालन भएको छ ।
भाषा आयोगको समन्वयनमा बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ ताकुकोटको अन्तज्योति माविमा बिहीबारबाट बराम भाषा प्रशिक्षणको पहिलो चरण सुरु भएको हो ।
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको अध्यक्षता तथा भाषा आयोगका सचिव लालजंग चौहानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७० भन्दा बढि स्थानीयको उपस्थिती रहेको थियो ।
तिन महिना सम्म चल्ने उक्त प्रशिक्षणको जिवनज्योति मावि ताकुकोटका प्रधानाध्यपक रणबहादुर बरामले सहजीकरण गर्नेे भाषा आयोगका शाखा अधिकृत मनोजकुमार पौडेलले जानकारी दिए ।
उक्त तालिम मार्फत २५ जना सहभागीहरुलाई बराम भाषाको अभ्यास गराइने उनको भनाई छ ।


