गोरखा समाचारदाता
सूचना विभागले आयोजना गरेको घुम्ति शिविरमा गोरखामा १९ जनाले नयाँ प्रेस पास लिएका छन् ।
नेपाल पत्रकार महासंघ गोरखा शाखाको सहआयोजनामा सदरमुकाममा भएको पचियपत्र वितरण शिविरमा १५ जना पत्रकारले नयाँ प्रेस पास लिएका छन् भने ५ जनाले नविकरण गरेका छन् ।
त्यस्तै २ जना मिडिया हाउसका अध्यक्ष, १ जना प्रकाशक र १ जना ब्यवस्थापकले समेत परिचय पत्र लिएको पत्रकार महासंघ गोरखाका सचिव नरहरी सापकोटाले बताए ।


