गोरखा समाचारदाता
लेखा समूहमा कार्यरत कर्मचारीले आफूहरुलाई संघ सरकार अन्तरर्गत राख्नुपर्ने माग गरेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत महालेखा नियन्त्रकको कार्यालय, अनामनगर काठमाण्डौंमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले लेखा समूहलाई संघ मातहत राखिनु पर्ने माग गरेका हुन् ।
प्रमुख कोष नियन्त्रक श्रीधर ज्ञावली मार्फत बुझाइएको ८ बुँदे ज्ञापनपत्रमा पेशागत विषयसँग जोडिएका कानूनी प्रावधानका बारेमा उल्लेख गरिएको छ । ‘लेखा समूहका कर्मचारीको खटपटन गर्दा संघ सरकारको मातहतमा राखि महालेखा नियन्त्रणको कार्यालयले गर्नुपर्छ भन्ने हाम्रो माग हो’ ज्ञापनपत्र बुझाउन पुगेका कर्मचारी युवराज शर्माले भने ‘लेखालाई प्रदेश र स्थानीय तहमा लगियो भने भद्रगोल हुन्छ ।’
राजस्व लगायतका आर्थिक विवरण, खर्च लगायतका संवेदनशिल विषयको दैनिक तथा साप्ताहिक रिर्पोङ गर्नुपर्ने भएकाले पनि यसलाई संघ अन्र्तगत राखि परिचालन गर्नुपर्ने उनीहरुको जोड छ । ज्ञापनमा संबिधानमा उल्लेख भएका वितिय नीति, अन्र्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४, आर्थिक कार्यविधि ऐन २०५५, निजामती सेवा एने २०४९, कर्मचारी समायोजन एने २०७४ लगायतका कानूनी व्यवस्था मा उल्लेख भएका प्रचलित कानून ख्याल गरी लेखा समूहका कर्मचारीलाई संघ सरकार अन्र्तगत राख्नु पर्ने जोड दिइएको छ । लेखा समूह अन्र्तगत जिल्लाका सरकारी कार्यालयहरुमा लेखा अधिकृत र लेखापालहरु कार्यरत छन् ।
सरकारले कर्मचारी समयोजनको काम अगाडी बढाइरहेका बेला विभिन्न समूहले आ–आफ्नो हक अधिकारका कुरालाई जोड दिइरहेका छन् ।




















