गोरखा समाचारदाता
नेपाल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले लोकतन्त्रका कारण विकास भएन भन्नु गतल भएको तर्क गरेका छन । नेपाल प्रेस युनियन गोरखाको अधिबेशन उद्घाटन गर्दै उनले सन्सारका धेरै विकसित देशहरुले लोकतन्त्रको आडमा फड्को मारेको दाबी गरे । ‘हामीले लामो सघर्ष पनि नेपालमा लोकतान्त्रिक व्यवस्था ल्याएका छौ’ उनले भने ‘यसको खिलापमा कोही पनि जान खोज्यो भने त्यो मुलुकका लागि दुर्भाग्य हुन्छ ।’
केहि दिन अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई संबोधन गर्ने क्रममा प्रजातान्त्रिक झण्झटिलो व्यवस्थाले गर्दा सरकारले सोचे अनुसार बिकास गर्न नसकेको अभिव्यक्ति दिएको भन्दै उनले त्यस्तो बताएका हुन । ‘यो सबै भन्दा आपत्तिजनक कुरा हो’ नेता पौडेलले भने ‘दुई तिहाई बहुमत सहित, सरकारको नेतृत्व गरेको पार्टीका अध्यक्षले लोकतन्त्रका कारण बिकास भएन भनेर भन्नु देशका लागि दुर्भाग्य हो ।’
अहिलेको नेकपाको सरकारले असल नियत राखेर काम गर्ने हो भने प्रयाप्त अबसर रहेको उनको भनाई छ । तर सरकार बनेको छोटो समयमै जनताबाट आलोचित हुने अबस्था भएको नेता पौडेलले टिप्पणी गरेका छन । ‘अहिलेको अबस्थामा काम गर्न नसक्नु भनेको नाँच्न जान्दिन आँगन टेडो भन्नु जस्तो हो’ नेता पौडेलले भने ‘लोकतन्त्रलाई कारण देखाएर अधिनायकवादको भ¥याङ चढ्न खोजिएको हो भने, त्यो दिवा स्वप्ना मात्र हुनेछ ।’ त्यसको काँग्रेसले सशक्त प्रतिकार गर्ने उनले दाबी गरेका छन ।
फरक प्रशंग उनले नेपाली काँग्रेसलाई एक बनाउने जिम्मा अहिले पार्टी सभापती शेरबहादुर देउवाको भएको बताएका छन । पार्टी भित्रका अनेक गुट उपगुटका कारण काँग्रेसले जनताको आवाज बुलन्द गर्न नसक्ने भन्दै उनले सबैलाई मिलाएर लैजान आग्रह गरेका छन । ‘पार्टीको एकतालाई साकार रुप दिने कुरा हाम्रो सभापती ज्युमा भर पर्छ किनकी उहाँको हातमा पार्टीका डाडु पन्युँ छ’ नेता पौडेलले भने ‘साथीहरुलाई कसरी एक बनाएर लैजाने हो उहाँको व्यवहारले देखाउँछ ।’
प्रेस युनियन गोरखाका अध्यक्ष रामशरण आर्चायको अध्यक्षता तथा नेता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आर्चायले केही समय अघि आएको फौजदारी तथा देवानी सहिता पत्रकारको हित विपरित भएको रहेको भन्दै तत्काल सञ्चाउन माग गरेका थिए । कार्यक्रममा प्रेस युनियनका सचिव खिला कार्की लगायतको समेत उपस्थिती रहेको थियो ।


