कैलासबावु श्रेष्ठ/गोरखा
गोरखा सदरमुकाममा रहेको गोरक्षनाथ वैदिक गुरुकुलको चौथो साधारण सभा सम्पन्न भएको छ ।
मुठीदानको भरमा विगत ४ वर्ष देखी सदरमुकाममा सञ्चालन हुदै आएको गुरुकुलमा विभिन्न जिल्लाका साना साना बावुहरु संस्कृत अध्ययन गर्दै आएका छन ।
सदरमुकामको गोरखा सेवा आश्रममा सञ्चालित गुरुकुलमा आश्रितहरुलाई प्रावि स्तरको कक्षा सञ्चालन गर्दै गणित, अग्रेजी र बिज्ञान बिषयहरु समेत अध्ययन गराउदै आएको गुरुकुलले जानकारी दिएको छ ।
०७१ सालमा स्थापित गुरुकुल प्रेम नारायण देव कुमारी साँस्कृतिक प्रतिष्ठानले स्थापना गरेको हो ।
गोरखा, बाजुरा, कालिकोट र मुगुका बिद्यार्थीहरुले अध्ययन गर्दै आएको उत्त गुरुकुलको चौथो साधारण सभामा स्व.आमा टिका र स्व.भाई राजु लामिछानेको स्मृतीमा १ लाख ७ हजार ७ सय ७७ रुपैयाँको कोष स्थापना गरेकी कमला लामिछानेलाई साधारण सभामा प्रमुख अतिथीले सम्मान गरेका थिए ।
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको उत्त कार्यक्रममा संस्कृत विश्व विद्यालयका प्राध्यापक डा.नबराज कट्टेल, संस्थापक अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा आश्रमका किरण कुमार श्रेष्ठ, शिक्षा प्रेमी रामचन्द्र आचार्य र गोवर्धन आचार्य एवं वडा नम्बर ६ का वडाध्यक्ष नारायण अर्याल र संस्थापक प्रतिस्ठानका अध्यक्ष भरतबावु श्रेष्ठ समेतले साधारण सभामा आ–आफ्नो धारणा राख्नु भएको थियो ।


