गोरखा समाचारदाता
रानीश्वाँरा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको पाँचौ सधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा गोरखा नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष कृष्ण बहादुर के.सी प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोलविकास संस्थाका अध्यक्ष नारायण खत्री, मनकामना महिला समुहका पदम मायाँ श्रेष्ठ, जनशक्ति महिला समुहका अध्यक्ष मेनुका खड्का आदीले मन्तव्य राखेका थिए ।
सभाले संस्थाका कोषाध्यक्ष विशाल श्रेष्ठको प्रतिबेदन, सचिव मान बहादुर श्रेष्ठको प्रतिबेदन पनि सर्वसम्मतले पारित गरेको छ । संस्थाले शेयर सदस्यहरु मध्येबाट कक्षा ११÷१२मा अध्यायनरत मध्ये उत्कृष्ठ नम्बर ल्याउन सफल छात्र तेज बहादुर परियारको छोरा अन्जित परियार छात्रा नारायण खत्रीकी छोरी निकिता खत्री लाई प्रमाण पत्र सहित सम्मान गरेको छ ।
त्यस्तै ऋणीहरु मध्येबाट असल ऋणीमा सदस्य सर्मिला श्रेष्ठलाई सम्मान गरेको छ । स्थापना भएको छोटो समयमा संस्था बैंकिङ कारोबार, दैनिक बचत, बालबचत रेमिट्यान्स सेवा दिदै आएको छ । संस्थामा ११५ सदस्य रहेको संस्थाको सहसचिव पदम बहादुर बस्नेत जानकारी दिनु भयो ।


