कैलासबावु श्रेष्ठ/गोरखा
पौष १५ गते । जिल्लाको सिरानचोक गाउँपालिकाको चोरकाटे बजारमा पनि हाटबजार शुरु गरीएको छ । स्थानिय किसानले उत्पादन गरेको बस्तु बिक्रीका लागि हाट बजार शुरु गरीएको हो ।
सिरानचोक गाउँ पालिका वडा नम्बर ४ को चोरकोट बजारमा सनिकार देखी हाटबजार शुरु गरीएको हो । स्थानीय किसानहरुले उत्पादन गरेको बस्तुलाई बजार प्रवद्धन गर्न सजिलो होस् भनेर हाटबजार सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
हरेक हप्ताको शनिवार सञ्चालन हुने गरी हाटबजार सुरु गरीएको हो । स्थानीय स्तरमा उत्पादित कृषि उपजहरु, तरकारी, फलफुल, माछामास विक्रीका लागि हाटबजारमा राखीने छ । अबको केही साता भित्रै गाउँ पालिकाको सबै वडामा हाटबजार सञ्चालनमा ल्याउने तयारी गाउँ पालिकाले काम थालेको छ ।
गाउँ पालिकाले बनाएको योजना अनुसार नयाँसाघु, गोपाले डाँडा, चित्रे पोखरी, चिफ्लेटी, हर्मी भञ्जाङ लगायतका ठाउँमा हाटबजार सञ्चालन गर्ने गरी कामको थालनी भएको छ । हाटबजार सुरु पछि उत्पादित सामानले बजार पाउने भन्दै कृषकहरु हर्षित भएका छन् ।
हाट बजार सञ्चालनका लागि आमा समूह, सहकारी, क्लवहरुको प्रतिनिधी रहने गरी हाटबजार व्यवस्थापन तथा सञ्चालन समिति समेत निर्माण गरिएको छ ।




















