कैलासबावु श्रेष्ठ/गोरखा
पौष १३ गते । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले सदरमुकाममा सरोकारवालाहरुको समन्वयात्म बैठक सम्पन्न गरेको छ ।
०७२ सालको बिनाशकारी भूकम्प पछि शाखाले गरेको कामको बिषयमा जानकारी गराउने उद्वेश्यका साथ बैठकको आयोजना गरीएको थियो ।
बैठकमा भूकम्प पश्चात साविक बारपाक, जौबारी, श्रीनाथकोट, थालाजुङ्ग, हर्मी, मिरकोट, बक्राङ र मनकामनामा गाउँ विकास समितिमा गरेका कामहरुका बिषयमा समिक्षा गरीएको थियो ।
साविक ९ वटा गाउँ विकास समितिमा रेडक्रस अग्रेजी बर्ष २०१६ देखी २०१८ सम्म खानेपानी, आवास, स्वास्थ्य, जिविकोपार्जन, संस्थागत क्षमता विकासमा काम गरेको जानकारी गराईएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख जनुका अधिकारी, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठका साथै सरोकारवाला सवैको उपस्थिती रहेको थियो ।


