गोरखा समाचारदाता
गोरखा नगरपालिका १ ताप्लेमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर १ को कार्यालय र न्यू होप नामक संस्थाको आयोजनामा भएको २ दिने शिविरमा ३ सय २० जनाले स्वास्थ्य जाँच गराएका छन् । सेवा लिने मध्ये १३० जना पुरुष र १७० जना महिला रहेको ताप्ले स्वास्थ्य चौकीका कर्मचारी सुशिला कुवँरले बताइन् ।
शिविरमा ७४ जनाले दाँतको समस्या भएका बिरामी भेटिएका छन् । त्यस्तै ज्वरो, ग्याष्ट्रिक, दम, रुघाखोकी लगायतका बिरामीहरुलाई समेतलाई निशुल्क औषधी वितरण गरिएको थियो ।
वडा कार्यालयको पहलमा वडा नम्बर १ र २ साविकका ताप्ले गाविस भरका स्थानीयलाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको वडाध्यक्ष हिक्मत बहादुर कुवँरले बताए ।




















