कैलासबावु श्रेष्ठ/गोरखा
पौष १२ गते । नेपाल मगर संघ गोरखाले आफ्नो बर्षमा सार्वजनिक विदा दिनुपर्ने भन्दै प्रधानमन्त्रिलाई स्मरण पत्र पठाएका छन ।
आउदै गरेको माघेसंक्रान्ती पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत बिहीबार प्रधानमन्त्रीलाई स्मरण पत्र पठाएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।
पत्रमा मगर समुदायले प्राचिनकाल देखि नै मनाउदै आएको मौलिक सांस्कृतिक चाड माघेसंक्रान्तीको अबसरमा दिदै आएको बिदा बिकास सम्बृद्धिको बाहनामा कटौती गरिएको भन्दै निर्णय सच्चाउन समेत मगर संघ गोरखाले माग गरको छ ।
सरकारले सांस्कृतिक चाडपर्वहरुमा दिइदै आएको बिदा कटौती गरेर आदीबासी जनजातीहरुको साँस्कृतिक अधिकार माथी नै अतिक्रमण र हस्तेक्षप गरेको आरोप पत्रमा लगाएको छ ।
०६२÷०६३ को परिवर्तन पछि नेपालका जनजाती, आदीबासी, लोपउन्मुख, सिमान्तकृत र अल्पसंख्यक समुदालयले पाएको अधिकारलाई नेपालको संबिधानले समेत स्विकार गरेको भन्दै संबैधानिक प्राबधानलाई आत्मासाथ गरेर अघि बढ्न समेत स्मरण पत्रमा भनिएको छ ।
पत्रमा आफुहरुको न्यायोचित मागलाई सम्बोधन नगरीए आदीबासी जनजातीहरु आन्दोेलनमा जानुको कुनै बिकल्प नहुने समते उल्लेख गरिएको छ ।
मगर संघले पठाएको स्मरण पत्र





















