कैलासबावु श्रेष्ठ/गोरखा
पौष १२ गते । गोरखामा रहेको एक गैर सरकारी संस्थाले कामका लागि नगद कार्यक्रम अन्रतर्गत ४ करोड ४९ लाख ४० हजार रुपैया खर्च गरेको छ ।
०७२ सालमा आएको बिनाशकारी भूकम्प पछि गोरोटो नामक गैर सरकारी संस्थाले उत्तरी गोरखाको २ गाउँ पालिकामा उत्थानशिल, जिविकोपार्जन तथा खाद्य एवं पोषण सुरक्षा पुर्नस्थापना कार्यक्रममा उक्त रकम खर्च गरेको एक कार्यक्रममा सार्वजनिक गरेको हो ।
सदरमुकाममा आयोजित कार्यक्रममा उत्त संस्थाले जिल्लाको धार्र्चे गाउँ पालिकाको काशिगाउँमा १ करोड ४४ लाख २० हजार र उहियामा १ करोड २६ लाख ८४ हजार रुपैया खर्च भएको र उत्तरी चुमनुव्री गाउँ पालिकाको सिर्दिबासमा १ करोड ८३ लाख ६ हजार रुपैयाँ खर्च जानकारी दिएको हो ।
संस्थाले जानकारी दिए अनुसार समुदायको आबश्यकता र मागमा आधारीत कार्यक्रम अनुसार गोरेटो बाटो निर्माण तथा मर्मत, सामुदायिक भवन निर्माण, खेल मैदान तथा हेली प्याड निर्माण, पानीको मुहान संरक्षण, धारा निर्माण लगायतका काम गरीएको थियो । कार्यक्रमले उत्त क्षेत्रका १ हजार ६ सय ५ जना लाभान्वित भएको समेत कार्यक्रममा जानकारी गराईएको थियो ।
अग्रजी बर्ष २०१८ मा सञ्चालित उत्त कार्यक्रमले गर्दा चुमनुव्री र धार्चे गाउँपालिका स्थानियबासीले रोजगारी र आर्थिक आम्दानीको अबसर प्राप्त गरेको परियोजना दावी थियो । परियोजनाले पशुमा नल्ल सुधारका लागि उन्नत जातका बोका बितरण, खेतीका लागि प्लास्टीकको घर निर्माण र व्यवसायिक तालिम समेत प्रदान गरेको जानकारी गराइएको थियो ।
कार्यक्रम सञ्चालनका लागि गोरटो गोरखालाई बिश्व खाद्य कार्यक्रम र लुथरन वल्र्ड फेडरेसनले आर्थिक सहयो गरेको थियो ।


