कैलासबावु श्रेष्ठ/गोरखा
पौष १२ गते । गोरखा नगरपालिकाले नगर क्षेत्र भित्र रहेको किसानहरुको सुविधाको लागि माटो परिक्षणको काम शुरु गरेको छ ।
हजुवाको भरमा खेती गर्दै आएका किसानहरुलाई माटो परिक्षण पछि जमिनमा कुन खेती गर्न योग्य छ भन्ने जानकारी हुने उद्वेश्यका साथ गोरखा नगरपालिकाले यो अभियान शुरु गरेको कार्यालयले जानकारी दिएको छ । अभियान अन्तरर्गत पहिलो चरणमा गोरखा नगरपालिकाको वडा नम्बर १ बाट यो अभियान शुरु गरीएको छ ।
पुस्ता हस्तान्तरण संगै खेती गर्ने तरीका र खेतीको किसीमले किसानको आय स्तरमा बृद्वि हुन नसक्ने र निर्यात भन्दा पनि आयात बढी गनुपर्ने भएका कारण किसानको जिवन स्तरमा समेत असर पुग्ने भन्दै नगरपालिका क्षेत्र भरी रहेको सबै वडामा माटो परिक्षणको अभियान थालनी गरीएको हो ।
माटो परिक्षणबाट पिएच, नाइट्रोजन, फस्फोरस, पोटासको मात्रा पत्ता लाग्ने र त्यसबाट कुन माटोमा कस्तो खेती गर्ने भन्ने कुरा यंकिन गरी सिफारी गर्न सकिने कार्यालयले जनाएको छ ।
नगरपालिकाले माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेशको प्राविधिक सहयोगमा नगरपालिकाले १४ वटै वडामा माटो परिक्षण सुरु गरेको हो । माटोमा अत्याधिक रासायनिक मलको प्रयोगका कारण माटोको उत्पादन क्षमतामा समेत ह्रास आउन थाले पछि यो अभियान थालिएको हो ।
प्रत्येक वडामा २ दिनसम्म माटो परिक्षण शिविर चल्ने छ । माटो परिक्षणको अभियानको शुरुवातमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको समेत उपस्थिती रहेको थियो ।


