गोरखा समाचारदाता
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयती भव्यता साथ मनाउने निर्णय भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मंगलबार बसेको बैठकले आगामी पुस २७ गते पर्ने पृथ्वीजयन्ती भव्यताको साथ मनाउने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष शंकरराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले संस्थापक अध्यक्ष विष्णुहरी अर्यालको संयोजकत्वमा १०१ सदस्यिय मुल आयोजक समिति समेत गठन गरेको राप्रपाका गण्डकी प्रदेश सदस्य सुदिप ढकालले जानकारी दिए ।
तत्कालिन राजा पृथ्वीनारायण शाहले गोरखाबाट थालेको एकिकरण अभियानले पूर्णता पाएपछि अहिलेको नेपाल निर्माण भएको इतिहास छ । मुलुकमा गणतन्त्र स्थापना भएपछि सरकारी तबरबाट पृथ्वीजयन्ती मनाउन छोडिएको छ भने त्यस दिन दिदै आएको सार्वजानिक बिदा समेत सरकारले कटौंती गरेको छ ।
सोही अनुरुप राजावादी दल भनेर चिनिएको राप्रपा र केही पुराना राजावादी व्यक्तिहरुको पहलमा पृथ्वीजयन्ती मनाइदै आइएको छ ।


