कैलासबावु श्रेष्ठ/गोरखा
पौष १० गते । गोरखाको सामागाउँ क्षेत्रको जंगलमा लागेको आगो २ दिन विती सक्दा सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगोका कारण उत्त क्षेत्रमा पाईने दुलर्भ बन्य जन्तु संकटमा परेको मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
विदेशी पर्यटकलाई ट्रेकिङ्ग लाने क्रममा नेपाली गाईडले पिएको चुरोटको ठुटाबाट आईतबार बिहान ११ बजे देखी लागेको सामागाउँ क्षेत्रको जंगलको आगो मंगलबार दिउसो सम्म पनि नियन्त्रणमा लिन नसकिएको हो ।
उत्त क्षेत्रमा दिउसो ११ बजे देखी हावा चल्ने र हावाकै कारण जंगलमा लागेको आगो नियन्त्रणमा लिन कठिन भएको आयोजना प्रमुख नरेन्द्र लामाले बताए । लामाका अनुुसार जंलगमा लागेको आगोको कारण उत्त क्षेत्रमा पाईने कस्तुरी, मृग, थार, झारल तथा डाँफे मुनाल समेत संकटमा परेको हो ।
आगोले कति बन क्षेत्रलाई असर गरेको छ भन्ने र के कति संख्यामा बन्य जन्तु तथा चराचुरुङ्ग मरे भन्ने यंकिन तथ्यांक नआएको भएता पनि हिजो मात्र स्थानियले आगोमा परेर मरेको ५ वटा कस्तुरी फेला पारेको स्थानिय मिङमार लामाले टेलिफोन मार्फत जानकारी दिएँ ।
अहिले आगो बिरेन्द्र ताल क्षेत्र तर्फ सल्कीएको छ । स्थानियले सरकारी स्तरबाट प्रयाप्त सहयोग नपाएको गुनासो समेत गरेका छन ।
आगो लागेको क्षेत्रमा सामागाउँ क्षेत्रका २ सय भन्दा बढी सर्व साधारण तथा नेपाल प्रहरी र मनास्लु संरक्षण क्षेत्र आयोजनाका कर्मचारीहरु आगो नियन्त्रणका लागि खटीएका छन । अहिले स्थानियहरुले आगो नियन्त्रणमा लिन अग्नी रेखा बनाइ रहेका छन ।
उत्त क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन सरकारी स्तरबाट ठुलै संख्यामा विज्ञहरु परिचालन गर्न नसकिए दशकौ अगाडी देखी संरक्षित बन सखाप हुने देखिन्छ । उत्त क्षेत्र भोजपत्र, धुपी सल्लो तथा महुमुल्य जडिबुढी पाईने स्थान हो ।


