गोरखा समाचारदाता
नेपाल लेखापढी कानून व्यवसायी एसोशियसन गोरखाको २२ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
शाखा अध्यक्ष हरीप्रसाद पोखरेलको अध्यक्षता तथा यशोसियनका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेशका संयोजक मायाँदेवी सोतीको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा केन्द्रिय लेखा समिति सदस्य एवं गण्डकी प्रदेशका सल्लाहकार मणीप्रसाद भुसाल, केन्द्रिय सदस्य ऋषिराम न्यौपाने, गण्डकी प्रदेशका सचिव सरोज देवकोटा, कोषाध्यक्ष छविलाल सुवेदी, प्रदेश सदस्य ऋषिराम देवकोटा, तनहुँ शाखाका अध्यक्ष रामेश्वर पण्डित, सिर्दिबास शाखा अध्यक्ष केदारबाबु मक्राती लगायतले मन्तव्य राखेका थिए ।
शहिद लखन गाउँपालिका वडा नम्बर २ त्रिवेणीधाममा भएको उक्त साधारण सभाको बन्द सत्रमा सचिव ठाकुरप्रसाद लामिछाने र कोषाध्यक्ष हरीप्रसाद घिमिरेले पेश गरेको प्रतिवदेन छलफल गरी पारित गरिएको लेखापढी व्यवसायी एसोशियसन गोरखाले जानकारी दिएको छ ।


