गोरखा समाचारदाता
गोरखामा किसानहरुलाई कफिको बोक्रा छोडाउने मेसिन उपलब्ध गराइएको छ ।
गुडनेर्वस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा पद्धती बिकास सेवा केन्द्र द्धारा सञ्चालित नेपाल कफि परियोजना अन्र्तगत आरुघाट गाउँपालिकाका किसानहरुलाई उक्त मेसिन प्रदान गरिएको हो ।
साबिकको मान्बु, थुमी, आरुआरवाङ, आरुपोखरी र आरुचनौटमा १/१ वटा कफिको बोक्रा छोडाउने मेसिन लगायतका अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । आरुघाट गाउँपालिका वडा नम्बर ३ र ४ को सयुक्त वडा कार्यालयमा आयोजित एक कार्यक्रममा पद्धती बिकास सेवा केन्द्रका लघु उद्यम बिकास अधिकृत सुनिल न्यौपानले उक्त समाग्री हस्तान्तरण गरेका हुन् ।
मेसिन पाएपछि कफि कृषकहरु खुसि भएका छन् । उक्त मेसिन र अन्य सामाग्रीले व्यवसायीक कफि खेति गर्न र उत्पादित कफिलाई बजार सम्म पुरयाउन मद्दत मिल्ने विश्वास लिइएको लघु उद्यम बिकास अधिकृत न्यौपानेले बताए ।
भूमी कफि उत्पादक सहकारी सस्थाकी अध्यक्ष विष्णुमायाँ आलेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा नम्बर ३ का अध्यक्ष सिखल बरामले प्राप्त उपकारहरुको सहयोग किसानहरुलाई व्यवसायीक बनाउन सहयोग पुरयाउने विश्वास व्यक्त गरेका थिए ।


