कैलासबावु श्रेष्ठ/गोरखा
पौष ८ गते । गोरखा सदरमुकाम छेवैमा रहेको लुदी खोला माथि बन्न लागेकोको पुलको शिलान्यास भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ९ र शहिद लखन गाउँ पालिका ५ जोडने लुदी खोलाको भालेढुङ्गामा बन्न लागेको पुलको एक कार्यक्रम बिच गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्रि रामशरण बस्नेतले शिलान्यास गरेका हुन ।
नेपाल सरकार र विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको उत्त पुलको उदघाट्न गर्दै मन्त्रि बस्नेतले समय सिमा भित्र ठेकेदार कम्पनीले काम गर्न नसके कानूनी कारवाही गर्ने भन्दै सरकोकार वाला सरकारी निकाय र सर्व साधारणलाई निरन्तर पुलको निगरानी गर्न अनुरोध गरे ।

पुलका लागि जग्गा दान दिने दानविरलाई सम्मान गर्दै मन्त्रि बस्नेत
बर्षातको बेला गोरखा सदरमुकाम देखी दक्षिण पुर्व जाने सवारी साधानका लागि सहज हुने उत्त पुल आरसिसी टि बिम पुल हो । २१.७ मिटर लामो बन्ने उत्त पुलको लागत खर्च ३ करोड ४४ लाख ३१ हजार ८ सय ३८ रुपैयाँ ४६ पैसा रहेको छ । निलगिरी÷अधिकारी जेभी काडमाण्डौंले पाएको उत्त निर्माण कार्य आउदो आर्थिक बर्ष भित्र सक्नु पर्ने छ ।

पूर्वाधार विकास कार्यालय लमजुङ्गले ठेक्का लगाएको उत्त पुल नेपाल सरकारको गण्डकी प्रदेशको प्रत्यक्ष निगरानीमा बन्न लागेको हो ।
कार्यक्रममा नयाँ शक्ति नेपालका हरी शरण आचार्य, भौतिक पुर्वाधार मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहट्टा र गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले आ–आफ्नो धारणा राखेका थिए ।


