- सरकार गंभिर भएर लाग्नुस : डा.यादव
कैलासबावु श्रेष्ठ/गोरखा
पौष ५ गते । पूर्व राष्ट्रपति डा.रामवरण यादवले नेपालमा आदिसनातन धर्म प्रति अन्य धर्मको आक्रमण भएको भन्दै चिन्ता ब्यत्त गनु भएको छ ।
दशौं गोरखा महोत्सवको उदघाट्न गर्दै पूर्व राष्ट्रपति डा.यादवले विभिन्न रुपमा धर्म प्रचार प्रसार र धर्म परिर्वतन भई रहेको छ त्यस तर्पm सरकारलाई ध्यानाकर्षण गराउदै सबै तहको सरकारले यस्तो बिषयमा चिन्तन गर्न र सनातन धर्मलाई रक्षा गर्न आग्रह गर्नुभयो ।
गोरखा बजारको खेलकुद मैदानमा बिहीबार देखी शुरु भएको गोरखा महोत्सवको पानसमा बत्तिबालेर उदघाटन गर्दै पूर्व राष्ट्रपति डा.यादवले संविधानमा छेडखानी नगर्न समेत अनुरोध गरे । त्यस्तो भएको खण्डमा संविधान बचाउन नसक्ने वहाँको दावी थियो । डा.यादवले नेपालमा रहेका उद्योग पति संग बढी कर लिएरै भए पनि उनीहरुलाई सुरक्षा दिनुपर्ने बताए । होइन भने उद्योगी र पुजी पलाएन हुन सक्ने खतरा तर्फ डा.यादवले संकेत गनु भयो । उनले उत्त अवशरमा गोरखा र धादिङ्गको विचमा निर्माण हुन लागेको बुढीगण्डकी परियोजनाको बिषयमा पनि सरकार गंभिर भएर चासो राख्न अनुरोध गनुभयो ।
उदघाट्न कार्यक्रममा पूर्व प्रधानमन्त्रि डा.बावुराम भट्टराई समेतले संवोधन गनु भएको थियो ।
महोत्सव उदघाट्न पूर्व जिल्ला भित्र रहेका विभिन्न जातजाति तथा धर्म संप्रादयका सर्व साधारणहरुले खेलकुद मैदान देखी कालिमाटी, शक्तिचोक, बसपार्क, ठुलो आगन, पाटेचौर हुदै पुनः महोत्सव स्थाल सम्म रयाली गरेका थिए । कार्यक्रम समापन लगत्तै पूर्व राष्ट्रपति आजै हेलीकप्टर मार्फत राजधानी फर्कनु भएको थियो ।
गोरखा उद्योग बाणिज्य संघको आयोजनामा भएको दशौं गोरखा महोत्सव आगामी पौष १४ गते सम्म चल्ने छ ।




















