कैलासबावु श्रेष्ठ/गोरखा
पौष ५ गते । बिहीबार देखी गोरखा बजारमा हुन लागेको गोरखा महोत्सवको पूर्व सन्ध्यामा आयोजित दौड प्रतियोगितामा नेपाली सेनाका जवान प्रथम भएको छ ।

महोत्सवको पूर्व सन्ध्यामा आयोजित म्यान अफ द गोरखा दौैंड प्रतियोगितामा नेपाली सेनाका जवान गजेन्द्र राईले निर्धारीत दुरी ३० मिनेट ४० सेकेण्डमा पुरा गरेर प्रथम स्थान हासिल गरेका थिए ।

३५ जना धावकहरुले सहभागिता जनाएको उत्त दौंडमा नेपाली सेनाकै होम लाल श्रेष्ठ, राजन खत्री, हरी कुमार रिमाल र कल्याण बानियाँ क्रमश द्वितिय, तृतिय, चौथो र पाँचौ भएका थिए । बिजेता सबै नेपाली सेनाको त्रिभूवन आर्मी क्लवबाट सहभागि भएका थिए । बिजेताहरु मध्ये द्वितिय हुने श्रेष्ठले ३० मिनेट ५५ सेकेण्ड, तृतिय हुने खत्रीले ३१ मिनेट १७ सेकेण्ड, चौथो हुने रिमालले ३१ मिनेट ४७ सेकेण्ड र पाँचौ हुने बानियाँले ३२ मिनेट ४ सेकेण्डमा निर्धारीत दुरी पार गरेका थिए ।

गोरखा सदरमुकामको पश्लाङ्ग चौतारा देखी शुरु भएको उत्त दौड, रोहटेपानी, धारापानी, बसपार्क, शक्तिचोक, हरमटारी, विपीचौक, सतिपिपल हुदै गोरखा दरर्बारको हनुमान थानमा समापन गरीएको थियो । ८ किलो मिटर भन्दा बढी दुरीको उत्त दौडमा २ जना महिलाहरुले पनि सहभागिता जनाएको म्यान अफ द गोरखा दौंडका संयोजक रामहरी केसीले जानकारी दिए ।

बिजेतालाई आजै पूर्व राष्ट्रिपति डा.रामबरण यादवले दशौं गोरखा महोत्सव स्थलामा सम्मान सहित नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ । दौंडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश.३० हजार, २० हजार र १० हजार पुरस्कार पाउने छन भने चौथो र पाँचौ हुने दुवैले २ हजार ५ सयका दरले नगर पुरस्कार पाउने छन ।



