कैलासबावु श्रेष्ठ/गोरखा
पौष ४ गते । उत्तरी गोरखाको केरौजामा रहेको वस्ती हस्तान्तरण प्रकृया अन्तिम चरण पुगेको छ ।
०७२ सालमा आएको बिनाशकारी भूकम्पले उत्त वस्तीलाई नराम्ररी क्षेति पुरयाएको थियो । गाउँको पुरै वस्ती स्थानान्तरण गनुपर्ने भूर्गव विदहरुको सुझावमा रहेर नेपाल सरकारले काम गर्दै आएको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन इकाईका स्थानिय पूर्वाधार गोरखाका प्रमुख रामशरण आचार्यका अनुसार स्थानान्तरण प्रकृया लामो भएको सबैको गुनासो आए संगै अबको केही दिन भित्रै सबै काम सम्पन्न गर्ने गरी काम भई रहेको जानकारी दिए ।
आचार्यका अनुसार उत्त गाउँमा ४ सय ७० घर मध्ये गत बर्ष ४२ घर स्थानान्तरण सकिएको थियो । कामलाई तिब्रता दिन आउने हप्ता मात्रै १ सय ४० घर परिवारलाई उत्त वस्तीबाट स्थानान्तरण गर्ने तयारी पुरा गरीएको बताए । प्रमुख आचार्यले यस लगत्तै १ सय ७० घरको काम तत्कालै सुरु गर्ने पनि बताए ।
भुकम्प गएको ४५ महिना भईसक्दा समेत वस्ती स्थानान्तरणले पूर्णता पाउन नसकेपछि बिस्तापित भएका स्थानीयले अहिले सम्म घर बनाएका छैनन । बिस्तापित हुनेहरुले आसपासको जग्गा पहिचान गरेको र विज्ञहरुले अध्ययन गरेर प्रमाणित समेत गरिसकेकोले अब काममा ढिला नहुने कार्यालय श्रोतले दाबी गरेको छ ।
इकाईका प्रमुख आर्चायले पहिरोको जोखिम नभएका, सुरिक्षत र पायक पर्ने ठाउँहरु छनौट गरी जग्गा खरिदको प्रक्रिया अगाडी बढी सकेको भन्दै स्थानान्तरणका प्रक्रिया अन्तिम चरणमा पुगेको दावी गरे ।
स्थानान्तरण पर्ने प्रति परिवारले सरकारको तर्फ बाट जग्गा खरीदका लागि २ लाख अनुदान दिने प्रावधान छ । बारपाक लगायत जिल्लाका अन्य जोखिमयुक्त वस्ती स्थानान्तरणको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको आचार्यले बताए ।
लामो समय सम्म वस्ती स्थानान्तरणका काम सुरु नहुँदा पिडितहरु अन्यौलका विच जोखिमयुक्त ठाउँमा बसिरहेका छन् भने कतिपयले आफन्तको शरण लिएका छन ।




















