कैलासबावु श्रेष्ठ/गोरखा
पौष ४ गते । गोरखा जेसिज गोरखाको बर्ष २०१९ को अध्यक्ष पदको लागि राजिव अधिकारी निर्विरोध निर्वाचीत भएको छ ।
मंगलबार गोरखा सदरमुकाममा सम्पन्न ३८ औं अधिबेशनबाट अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
उनको उत्त समितिमा कार्यकारिणी उपाध्यक्षमा सुवास मल्ल र रुबेन्द्र कुवँर समेत निर्विरोध निर्वाचित भएका छन । त्यस्तै गरी उपाध्यक्षमा मोहसिन अलि मियाँ, पुष्कर गुरुङ्ग, रमेश श्रेष्ठ र प्रदिप कुवँरका साथै सह–सचिवमा शिवहरी तिमिल्सिना चयन भएका छन् ।
नव निर्वाचित समितिले महासचिवमा अश्विन ढुंगाना, कोषाध्यक्षमा कल्याण बाँनिया र कानुनी सल्लाहकारमा शैलेन्द्र भट्टलाई चयन गरेको छ ।
मनोनित गर्न बाँकी अन्य पदको भने समितिको अर्को नियमीत बैठकमा निर्णय लिने अध्यक्ष अधिकारीले बताए ।


