गोरखा समचारदाता
कर्मचारी समायोजन प्रक्रिया प्रति असन्तुष्टि जनाउदै नेपाल निजामती कर्मचारी युनियन सघंले सरकारको ध्याकर्षण गराएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठ मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै युनियनले असन्तुष्टि व्यक्त गरेको हो । जिल्ला अध्यक्ष लेखबहादुर श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा हचुवाका भरमा कर्मचारी समायोजन गरिए देशले गम्भिर दुर्घटना भोग्ने चेतावनी दिइएको छ ।
बैज्ञानिक मापदण्ड बनाएर कर्मचारीको भावना र चाहनालाई सम्बोधन गर्ने गरी समायोजनको काम अघि बढाउन माग गरिएको छ । १२ बुँदै उक्त ज्ञापनपत्रमा राज्यका तीनै तहमा कर्मचारी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने, तिनै तहमा तहगत श्रेणी लागु गर्नुपर्ने लगायतका विभिन्न माग समेटिएका छन् ।
केन्द्रिकृत प्रणालीमा रहेको नेपालको निजामती प्रशासन राज्यको तिनै तहमा समायोजन गर्नुपर्ने भएपछि विभिन्न जटिलता देखिएका छन् । स्थानीय निर्वाचन भएको लामो समय भइसक्दा समेत कर्मचारी समायोजन हुन नसक्दा कार्यसम्पादन गर्न उनीहरुलाई निकै समस्या भएको छ ।
राज्यको स्थायी सरकार मानिने निजामती कर्मचारीको भावना र चाहना अनुसार बैज्ञानिक निति बनाएर समायोजन गर्नु पर्ने विज्ञहरु बताउँछन ।
विज्ञप्ती



