गोरखा समाचारदाता
पौष २ गते । पछिल्लो समय सरकार मिडिया मैत्री बन्न नसकेकोमा नेपाल पत्रकार महासंघका केन्द्रिय महा सचिव रमेश विष्टले आक्रोस पोखे ।
नेपाल पत्रकार महासंघ गोरखा शाखाको नवौ साधारण सभामा बोल्दै महा सचिव विष्टले नेपाली सञ्चार माध्यामलाई सरकारले घेरा हाल्दै संकुचित पार्न खोजेको भन्दै आक्रोस ब्यत्त गरेका थिए । राज्यको कानूनलाई सबै सञ्चार माध्यामले मान्न तयार भएको भएता पनि सरकार अनावश्यक रुपमा सञ्चार माध्यामलाई संकुचित पार्दै सानो दायरामा लान खोजेको समेत विष्टले आरोप लगाए ।
कार्यक्रममा विष्टले सरकारी रवैया यस्तै भई रहे सबै सञ्चारकर्मीहरु मिलेर सरकार विरुद्वनै जाई लाग्ने र कानूनी उपचारको बाटोमा जान बाध्य हुने समेत बताए । यसै साता नेपाल पत्रकार महासंघको विराटनगरमा हुन लागेको पत्रकारहरुको राष्ट्रिय भेलाले नेपाल पत्रकार महासंघमा आवद्व सदस्यहरुको सुद्विकरण अभियानका लागि कठोर निर्णय पनि हुन सक्ने तर्फ संकेत गर्दै महासचिव विष्टले पत्रकारहरुको नाममा फाइदा लिने धेरै भयो त्यसैले अब हामी कठोर निर्णय गर्दै छौ भने ।
शाखाका अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठ, नेकपाका कृष्ण राना, नेपाली काँग्रेसका उपसभापति सुकदेव दवाडी, नयाँ शक्ति नेपालका गोरखा संयोजक ज्ञानेन्द्र कुमाल, गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, नेपाल बार एशोसियसन गोरखाका अध्यक्ष यादव शर्मा, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, पत्रकार महासंघ गोरखाका निर्वतमान अध्यक्ष भिमलाल श्रेष्ठले आ–आफ्नो धारणा राखेको थिए ।




















